बेरुत । एक दशकमा सबैभन्दा विध्वंसात्मक मध्यपूर्वको युद्धको बुधबार ओपचारिक अन्त्य भएको छ । यस युद्धले हजारौँको मात्रमा लेबनानीले ज्यान गुमाए भने सयाँैको मात्रामा इजरायली सेना तथा सर्वसाधारणको ज्यान गएको छ । १० लाखभन्दा बढी व्यक्ति यस बीचमा शरणार्थीको रूपमा आफ्नो घरभन्दा बाहिर रहेर जीवन बिताउन बाध्य भएका छन् । विश्व राजनीतिमा चासो राख्नेहरूले सन् २००६ कै जस्तो युद्धविराम बीचमा नै भंग हुने त होइन भन्ने आशंका फैलाएको छ । यसरी आशंका गरिनुको मूल कारण हिजबुल्लाहको ठूलो शक्ति नै हो । विगतमा पनि इजरायली सेनाले लेबनान छाडेपछि लेबनानकै सेनाले हिजबुल्लाहलाई नियन्त्रणमा राख्न सकेको थिएन । अहिलेको युद्ध विरामको मूल आधार पनि सन् २००६ मै तय गरिएका आधार हुन् । परन्तु अहिले पनि इरानको भूमिका र लेबनानी सेनाको शक्तिमा यो युद्ध विरामको भविष्य तय हुने अनुमान गरिएको छ ।
यो लामो दुःखको अध्यायको केही समयका लागि भए पनि अन्त्य भएको छ । १३ महिना लामो युद्धको समाप्तीसँगै युद्ध विरामको घोषणा भएपछि लेबनानमा धेरै विस्थापितहरूको घर फर्कने क्रम जारी छ । यसका बाबजुद इजरायलले अझै केही स्थान तत्कालका लागि सुरक्षित नभएको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने अनुसार नै ५ हजार लेबनानी सेना दक्षिणी सीमामा जाने भएको छ । त्यहाँ रहेको हिजबुल्लाहका सेना फर्कनेछन् ।
युद्धविरामपछि लेबनानी प्रधानमन्त्री नजिब हिकातीले लेबनानमा नयाँ जीवनको सुरुआत भएको बताएका छन् । लेबनानका सभामुख नबिह बेरीले सबैलाई देशमा फर्केर नयाँ निर्वाचनको तयारीमा लाग्न अनुरोध गरेका छन् । युद्धविरामपछि पनि इजरायली डिफेन्स फोर्स(आइडिएफ)ले केही सवारी साधनमा आक्रमण गरेको भने स्वीकार गरेको छ । सो आक्रमणको मूल कारणमा निषेधित क्षेत्रमा लेबनानी सवारी साधनको प्रवेश भएको आइडिएफले जनाएको छ ।
इरानका सञ्चार माध्यमले सो युद्धविरामलाई हिजबुल्लाहको जितको रूपमा ब्याख्या गरेका छन् । सो युद्धविरामसँगै अमेरिका र फ्रान्सलगायत मध्यपूर्वका धेरै देशले तत्काल गाजामा पनि युद्धविरामको आवश्यकता भएको कुरामा जोड दिएका छन् ।
यो युद्धविराम लागू भए या नभएको भन्नेबारे संयुक्त राष्ट्र संघको युनिफिलका साथै अमेरिका र फ्रासले पनि निगरानी गर्नेछन् । इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच युद्धविरामको सम्झौता भएको छ । मंगलबार राति इजरायली सुरक्षा मन्त्रिपरिषद्ले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो । साथै हिजबुल्लाहले पनि यसलाई स्वीकार गरिसकेको छ । यो युद्धविराम लागू भएपछि इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुनेछ भने उही समयमा हिजबुल्लाहको सेना लेबनानको दक्षिणी सीमाबाट हट्नेछ । उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेना रहनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको औपचारिक घोषणा गरेका हुन् । सम्झौता बिहीबार बिहानबाट लागू भएको हो । सम्झौता हुनुअघि इजरायलले लेबनानको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो ।
इजरायली सेनाले लगभग २ महिना अघिदेखि लेबनानमा स्थल तथा हवाई हमला तीव्र पारेको थियो । यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका कारण आफूले जित हासिल गरेको बताएका छन् । उनले चुनावमा आफ्नो सफलताको कारण वर्तमान राष्ट्रपति जो बाइडेनको दबाबसमेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया