झापामा उत्पादित चाइनिज इँटा पहिलोपटक भारत निर्यात

झापा । झापामा उत्पादित चाइनिज इँटा पहिलोपटक भारत निर्यात भएको छ । झापा मेचीनगर नगरपालिकाको १५ मा रहेकाे स्थापित सरिया ग्रीन ब्रिक्स इण्डस्ट्रीजुले पहिलोपटक भारततर्फ इँटा निर्यात गर्न सुरु गरेको हो । उद्योगका अनुसार, मंगलवार नमुनाका रूपमा ३२ हजार थान इँटा भारत पठाइएको हो ।

यो नेपालकै ठूलो र अत्याधुनिक प्रविधियुक्त इँटा उद्योग हो । पूर्ण एअर कम्प्रेसर प्रणालीमा आधारित यस उद्योगले स्वचालित मेसिन प्रयोग गरी उच्च गुणस्तरका इँटा उत्पादन गर्न थालेको छ ।

सञ्चालक सरियाले भारतमा नेपाली उत्पादनको माग बढिरहेको बताउँदै, आगामी दिनमा निर्यातको परिमाण थप बढाउने लक्ष्य रहेको जानकारी दिए । सरिया ग्रीन ब्रिक्स इण्डस्ट्रीजको यो कदमले नेपाल र भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया