कर्णाली प्रदेशमा खानेपानी अभावबारे नीतिगत निगरानी कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा खानेपानी अभाव र यसको प्रभावमाथि केन्द्रित नीतिगत निगरानी कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेशसभा सचिवालय र युएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा ऋति फाउण्डेसनले उक्त कार्यक्रम बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागीले कर्णाली प्रदेशमा खानेपानी अभावका कारण सिर्जना भएका चुनौतीहरू, नीतिगत कमजोरीहरू, र सुधारका सम्भावनाहरूको विस्तृत समीक्षा गरेका थिए । विशेष गरी भौगोलिक विकटता, जलवायु परिवर्तन, स्रोत व्यवस्थापनको कमी, र कार्यान्वयन तहमा देखिएका समस्याहरूलाई मुख्य चुनौतीका रूपमा पहिचान गरिएको थियो।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्यहरु खड्गबहादुर पोखरेल, कल्याणी खड्का ,जानकी सिंहको समेत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्यहरुले कर्णाली प्रदेशमा खानेपानी संकटको असरहरुबारे संसदमा आजाव उठाउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया