शंकर लामिछानेले ल्याए ‘चिलिममा गाँजा भरेको’ गीत

काठमाडौं । कलाकार शंकर लामिछानेले ‘चिलिममा गाँजा भरेको’ गीत ल्याएका छन् । कलाकार लामिछानेको शब्द र संगीत रहेको उक्त गीतमा राजेशपायल राईको आवाज रहेको छ । सो ‘चिलिममा गाँजा भरेको’ गीतको भिडियो मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीतमा एरेन्ज बाबुल गिरीले गरेका हुन् । यस म्यूजिक भिडियोमा विकास प्रसाईले निर्देशन गरेका छन् । गीतको भिडियोमा मिस पविको रुपमा चर्चा कमाइरहेकी पवित्रा साकी, शंकर लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।

गीतको अन्त्यतिर भिडियोमा समावेश गरिएको संवादसहितको दृश्यले धेरैको ध्यान तान्ने गीतकार शंकर लामिछानेले जिकिर गरे । लामिछानेले देशप्रेम र इमान्दारितालाई बलियो रुपमा प्रस्तुत गरेको बताए । सो संवादमा कानुन व्यवसायी स्वागत नेपाललाई समेत अतिथि कलाकारका रुपमा देख्न सकिन्छ ।

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका लामिछानेले यसअघि दर्जनौँ गीत बजारमा ल्याइसकेको जानकारी दिए । उनका अनुसार यसअघि ‘छमछम’, ‘झुक्कायो ऐनाले’ जस्ता गीत लोकप्रिय भएका छन् । गायिका मेलिना राईको आवाजमा रहेको ‘सबकुरा नक्कली बनायो चाईनाले, मै राम्री हो कि झुक्कायो ऐनाले’ बोलको गीत बहुचर्चित भएको लामिछानेको भनाई छ ।

कलाकार लामिछानेले नेपाली कथानक चलचित्र ‘किन लाग्छ माया’ को मुख्य भूमिकामा अभिनय गरेका छन् । लामिछानेले उपन्यासकार बालकृष्ण समको उपन्यास ‘बोक्सी’मा आधारित चलचित्र ‘बोक्सी’ लगायत अन्य केही नाटकमासमेत काम गरेका छन् ।

प्रतिक्रिया