अभिनेत्री स्वस्तिमा खड्काले गुहारिन् प्रहरी

काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री स्वस्तिमा खड्काले नेपाल प्रहरीलाई गुहारेकी छन् । उनले आफू गैरकानुनी एपबाट टाढा रहेको बताउँदै आफूलाई व्यावसायिक दूत बनाएको बताएकी छन् ।

अभिनेत्री खड्काले आफूलाई व्यावसायिक दूत बनाएको दाबी गर्दै एक गेमिङ एपले विज्ञापन गरेको विषयमा आपत्ति जनाएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमार्फत उक्त अवैध प्लेटफर्ममा आफ्नो नाम र तस्बिर दुरुपयोग भएको बताएकी छन् ।

‘मलाई ब्रान्ड एम्बास्डरको रूपमा अनुबन्ध गरिएको भन्दै एक गेमिङ एपले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको छ’, अभिनेत्री स्वस्तिमाले आफ्नै फेसबुक आइडीमा लेखेकी छन्, ‘म यस्ता गैरकानुनी एपबाट कोसौँ टाढा छु । यस्ता पोस्टहरू देख्नुभयो भने रिपोर्ट गरिदिनुहोला ल ।’

यस विषयमा अभिनेता निश्चल बस्नेतले पनि अभिनेत्री स्वस्तिमा अन्यायमा परेकाले नेपाल प्रहरीलाई गुहार्न बाध्य भएको बताए । बस्नेतले भने, ‘स्वस्तिमाले फेसबुकमा आफैँले लेखेकी छन्, यसैबाट प्रष्ट हुन्छ उनी अन्यायमै परेर न्याय खोजेकी हुन् ।’

प्रतिक्रिया