काठमाडौं । भारतीय एवं बलिउड अभिनेत्री सोमी अलीमाथि आक्रमण भएको छ । मानव बेचबिखनमा परेकी एक महिलालाई बचाउने क्रममा आफ्नो हात भाँचिएको र धेरै चोट लागेको उनले बताएकी छन् ।
अभिनेत्री तथा सामाजिक अभियन्ता अलीले हालै मानव बेचबिखनमा परेकी पीडितलाई बचाउन खोज्दा आफूमाथि आक्रमण भएको र घाइते भएको खुलासा गरेकी हुन् ।
महिलालाई बचाउने क्रममा तस्करहरूले आफ्नो हात बटारिदिएको र यसका कारण हात फ्याक्चर भएको उनले बताइन् । ‘म धेरै पीडामा छु अनि ओछ्यानमा सुतिरहेको छ’, भन्दै उनले पोस्ट गरेकी छन् । आफूलाई निको हुन ६ देखि ८ हप्ता लाग्ने पनि उनले बताएकी छन् ।
घटनाबारे खुलासा गर्दै सोमीले भनेकी छन्, ‘प्रहरीसँग मिलेर म पीडितलाई बचाउने प्रयास गर्छु, पीडितलाई घरबाट बाहिर निकाल्दासम्म मलाई आफ्नै कारबाट बाहिर निस्कने अनुमति हुन्न ।’
यस पटक पीडितलाई बचाउन आफू कारबाट निस्किएको र यसै क्रममा आफूमाथि हमला भएको उनले उल्लेख गरेकी छन् । अभिनेत्री सोमी सुपरस्टार सलमान खानको पूर्वप्रेमिका भएको पनि चर्चा छ ।
प्रतिक्रिया