किङ्सटन । फिल साल्टको सानदार शतकमा इंग्ल्यान्डले वेस्ट इन्डिजसँगको पहिलो टी–२० सिरिजमा ८ विकेटको जित हात पारेको छ । वेस्ट इन्डिजले दिएको १८३ रनको लक्ष्य इंग्ल्यान्डले १९ बल बाँकी रहँदा २ विकेटको क्षतिमा पूरा गरेको हो । अविजित रहेका साल्टले ५४ बलमा १०३ रन जोडे । उनको पारीमा ९ चौका र ६ छक्का समावेश थियो ।
यसैगरी ज्याकोब बेथेलले ३६ बलमा ५८ रन जोडे । वेस्ट इन्डिजका अकेल हुसेनले कुनै विकेट नलिए पनि किफायती बलिङ गर्दै ४ ओभरमा २० रन मात्र खर्चिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १८२ रनको योगफल खडा गरेको थियो । सो टोलीका लागि निकोलास पूरणले सर्वाधिक २९ बलमा ३८ रन जोडे । आन्द्रे रसेलले १७ बलमा ३० तथा गुडाकेस मोटेले १४ बलमा ३३ रन जोडे । उनको पारीमा ४ चौका र २ छक्का समावेश थियो । रोमारियो सेफर्ड २२ बलमा ३५ रन बनाउँदै अविजित रहे । वेस्ट इन्डिजले १०० रनको आँकडा पार गर्ने सम्भावना देखिए पनि साकिब मोहम्मदले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । यसैगरी अदिल रसिदले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए ।
प्रतिक्रिया