कालिकोट । जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा एक ६ वर्षीय बालकसहित ६ जना रहेका छन् ।
मृत्यु हुनेमा पलाँता गाउँपालिका– ५ का ५१ वर्षी पदमबहादुर बम, ६ का पुन्नकला शाही, ५ की छाया शाही, सोही गाउँपालिका– ६ निवासी भद्र रोकाया, ६ उखाडी निवासी गणेश शाही र ६ वर्षीय बालक दमन रोकायाको पहिचान खुलेको प्रहरी चौकी खिनले जनाएको छ ।
क १ ज, ५६ नम्बरको जिप खिनदेखि थिर्पुसम्म आउँदै गरेको थियो । आइतबार दिउँसो २ वजेर ३१ मिनेटमा राडुकाप्रे खोलमा दुर्घटना भएको थियो । दुर्घटनामा १३ जना गम्भीर घाइते भएकोसमेत जनाइएको छ । घाइतेको हेलीकप्टरमार्फत उद्धार गरिएको प्रहरी चौकी खिनले जनाएको छ ।
घाइते हुनेमा विजय थापा। इश्वर थापा,केशव थापा, डल्ली बिक, आषुसा विक, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र रोकाया, दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया र गाडी चालक हस्त बम गरी जम्मा १३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएकोे छ । गाडी सडकदेखि अन्दाजी २–३ सय मिटर तल खसेको थियो ।
कालिकाेट
प्रतिक्रिया