प्रसिद्ध पत्रकार तथा लेखक सुधीर शर्मासितको एक अन्तर्वार्तामा प्राडा पीताम्बर शर्माको ओली लक्षित विषाक्त अभिव्यक्ति सुन्दा अचम्म र उदेक नै लाग्यो । त्यसैले अहिले अलिकडा अभिव्यक्ति गर्न बाध्य भइयो । माओका अनुसार कहिलेकाहीँ अलि कडा वा बिझ्ने गरी आलोचना गर्नुपर्छ । साक्षात्कार नभए पनि मेरा पनि अग्रज र आदरणीय व्यक्तित्व हुनुहुन्छ, प्राडा पीताम्बर शर्मा ।
ओली सरकारले अघिल्लो शासन कालमा तुइन बिस्थापित गर्न थाल्यो । यस अभियानबाट अत्यन्त खुसी भएर प्रसिद्ध गायिका भिक्षुणी आनी छोइङले सरकारलाई आफ्ना तर्फबाट १ करोड आर्थिक सहयोग गर्नुभयो । उक्त कुरा थाहा पाएर आनीलाई केही पठित मानवले कटु आलोचना गरेको आनीले बताउनुभएको थियो । आफू पनि केही नगर्ने अरूले गरेको देखेर रिसले मर्ने मान्छे देख्दा अचम्म लाग्छ । जे जति गाली गलौज र सत्तोसराप गरे पनि वर्गीय हिसाबले तिनैको हितमा काम गर्नुपर्ने बाध्यता एमालेको रहेको छ । देश, जनता र जनजीवीकाको हितलाई सर्वोपरि राखेर काम गर्दा पनि कतिपय नामका अगाडि २–२ वटा प्राडा उपाधि धारी भारी सिङ भिरेका व्यक्तिहरू ओली लक्षित विष वमन गरिरहेका छन् । यस्ता केही प्राडा देख्दा यही प्राडालाई भारी सरम हुन्छ ।
प्रसिद्ध पत्रकार तथा लेखक सुधीर शर्मासितको एक अन्तर्वार्तामा प्राडा पीताम्बर शर्माको ओली लक्षित विषाक्त अभिव्यक्ति सुन्दा अचम्म र उदेक नै लाग्यो । त्यसैले अहिले अलिकडा अभिव्यक्ति गर्न बाध्य भइयो । माओका अनुसार कहिलेकाहीँ अलि कडा वा बिझ्ने गरी आलोचना गर्नुपर्छ । साक्षात्कार नभए पनि मेरा पनि अग्रज र आदरणीय व्यक्तित्व हुनुहुन्छ, प्राडा पीताम्बर शर्मा । तर जतिसुकै मान्य भए पनि उहाँका सरासर झुटा कुरा सुन्दा खण्डन गर्न बाध्य भइयो ।
शर्माले ओलीलाई एमालेको प्राधिकार नेता बताउनुभयो । पुष्पकमल दाहाल लगभग ४० वर्ष पार्टीको विधि, विधान र पद्धति विपरीत अध्यक्ष भइरहे । अनि आफैँ मात्र पटकपटक अनेक तिकडम गरेर प्रधानमन्त्री भइरहे । यस खालको अलोकतान्त्रिक गैरजनवादी गतिविधिलाई शर्माले कहिल्यै प्राधिकार देख्नुभएन । वास्तवमा आफैँले आफूलाई जसरी पनि अग्राधिकार लिइरहने र पार्टीका सम्पूर्ण अधिकार आफैँ हस्तगत गर्ने वा प्राधिकार नेता त पुष्पकमल दाहाल प्रचण्ड हुन् । यस विषयमा शर्माले कहिल्यै एक अक्षर लेख्ने र बोल्ने काम गर्नु भएन । तर पार्टीको विधानअनुसार लोकतान्त्रिक विधि, पद्धति र प्रणालीबाट अत्यधिक मतबाट निर्वाचित पार्टी अध्यक्ष ओलीलाई प्राधिकार नेता शर्माले कसरी देख्नुभयो ?
साम, दाम र दण्ड र भेद तथा छलछामका अनेक कुटिल चाल चलेर सम्पूर्ण अधिकार आफूमा मात्र केन्द्रित गर्नुचाहिँ प्राधिकार हो । यस किसिमले पार्टीमा आफ्नो एकाधिकार र अग्राधिकार कायम गर्नु प्राधिकार हो । एमाले पार्टीमा स्वस्थ्य चुनावी प्रक्रियाबाट निर्वाचित ओलीलाई प्राधिकार रतन्धो रोगीले मात्र भन्न सक्छ । शर्माले वार्ताका क्रममा शर्माले एमालेलाई लक्षित गर्दै पार्टीभित्र विद्रोह हुनुपर्छ पनि भन्नुभयो । यो देशका पार्टीहरूसित तुलना गर्दा एमाले बराबर सैद्धान्तिक, वैचारिक तथा देश र जनताको उत्थान गर्ने पार्टी अरू कुनै छैन तैपनि शर्मालाई एमालेप्रति के विधि रिस उठेको होला ? सार्वजनिक कार्यक्रममा यसरी उत्तेजित अभिव्यक्ति गर्ने शर्मा एमालेविरुद्ध अरू बेला ज्यान फालेर लागेको स्वतः स्पष्ट हुन्छ ।
गुरुकै यो हालत छ भने उहाँहरूका पछाडि आँखा चिम्लेर हिँड्ने चेलाको के दशा होला । बनाउन गाह्रो पर्छ तर बिगार्न धेरै बेर लाग्दैन । देशमा चरम निराशा फैलाउन शर्माहरू नै लागेको स्पष्ट हुन्छ । सच्चा बुद्धिजीवीले जोड्ने प्रयत्न गर्छ तोड्ने, फोड्ने र भत्काउने काम सकेसम्म गर्दैन । नेपालका कुनै पनि ठूला पार्टी फुट्ता गँवार लुटे हुन्छ भन्ने पनि थाहा छैन शर्माजीलाई ? एमाले र यसका नेता भारतविरुद्ध केही नै गर्दैनौँ भनी प्रचण्डले झैँ लिखत गरेको पार्टी होइन । रहर र लहडका भरमा जनधनको अपार क्षति गर्ने पार्टी एमाले होइन । चरम अस्थिर, ढुलमुल, दोधारे चरित्र एमालेमा छैन ।
माओवादी कथित जनयुद्धका कारण पहाड रित्तो हुन थालेको हो र यसैका कारण युवा बिदेसिने उपक्रम व्यापक रूपमा सुरु भएको हो । माओवादीसित भित्तो भएर लाग्ने अनि स्वतन्त्र बाम बुद्धिजीवीको आवरण भिरेर दुनियाँ ढाँट्न मिल्दैन । जनताको बहुदलीय जनवादजस्तो उदात्त सिद्धान्त लिएको एमालेलाई कसैले धारेहात लगाउँदैमा यो धुलो हुँदैन । जुनमा अलिकति कालो दाग देखेर कालो जुन भन्ने बालहठ गरिरहनुभएको छ डा.शर्मा तर अर्कातिर समग्रतामा पार्टीविहीन स्थितिको कुरूप पार्टीलाई सुन्दरतम पार्टी भन्न खोज्दै हुनुहुन्थ्यो ।
वार्ताका क्रममा प्रचण्डलाई जी भन्ने शर्माको ओलीलक्षित अभिव्यक्ति सुन्नेलाई नै सरम लाग्ने खालको थियो । माक्र्सवादीहरू कुनै पनि विषय, व्यक्ति र विचारको मूल्यांकन अंश र समग्रजस्ता सही मापदण्डद्वारा गर्छन् तर त्यहीँ डा. पीताम्बर शर्मा एमाले र अझ ओली लक्षित आलोचना सरासर माक्र्सवाद विपरीत अद्वन्द्ववादी तथा मनगढन्ते देखियो । राणाकाल, पञ्चायत र राजा राजतन्त्र कालका पनि केही न केही सकार पाइन्छन् ।
पूर्वराजा महेन्द्र शाहका आफ्नै ससुरालाई जग्गाजमिनको झगडा मुद्दामा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीशले हराइदिए । तर, महेन्द्रले तिनै प्रधानन्यायाधीशलाई दरबारमा बोलाई बक्सिस दिएका थिए । जंगबहादुर राणाले नेपालका सीमामा जंगेपिलर गाडे, घेराबारा गरे । यसो गर्दा लुम्बिनी र बुद्ध नेपालभित्र परेको ३० वर्षपछि थाहा पाएर तत्कालीन भारत सरकार अत्यन्त दःुखी भएको थियो । यस्ता असल काम र कर्म फलानो शासन कालमा भएको भनेर शर्माले झैँ सराप्न मिल्दैन ।
निर्दोष र निरपराध जनतालाई निर्मम तरिकाले हत्याहिंसा गर्ने माओवादी पक्षधरलाई अरू पार्टी र नेताले गरेका जाति र राम्रा कुरा मन पर्दैनन् क्यार । वर्गीय होइन जात, भात, नाक र नश्लीय केन्द्रित चिन्तन नेपाललाई अन्तध्र्वंश गराउने कुरा हो । यस्ते चिन्तन शर्माको देखियो । वार्ताका क्रममा ओलीले शर्मालगायत विद्वानहरूलाई युवालाई विदेश पलायन हुनबाट रोक्न सम्झाइबुझाइ गर्न आग्रह गर्नुभएछ तर तत्काल जवाफमा शर्माले आधारभूत तथा सीमान्तीकृत जनताका हितमा तपाईंहरूले काम नगर्दाको परिणाम युवा विदेश पलायन भएको जवाफ दिएको बताउनुभयो । तर शर्मालाई नेपालमा पर्याप्त आय आर्जन, उपार्जन र श्रीसम्पत्ति भएर पनि युवा बिदेसिएको थाहा रहेनछ ।
कम्तीमा प्राडा र गुरु भएका तपाईंहरूको बोली अलि बिक्ला र युवाहरूमा देशमा नै संघर्ष गर्ने चेत पलाउला कि भनेर ओलीले तपार्इं लगायतलाई उक्त अनुरोध गरिएको होला । यसमा ओठे जवाफ नै लगाउनुपर्ने त कुनै कारण थिएन र छैन पनि । अहिले होहोरेमा बिदेसिने महामारी लागेको छ । ओलीले नै केही वर्षअघि जन्मजयन्तीका अवसरमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईजस्ता हाम्रा अग्रज वा पुर्खा जे जस्ता दुःख, हन्डर र ठक्कर खाएर पनि देशलाई सराप्दै बिदेसिएनन् र यही बसेर देशलाई अगाडि बढाउन भरमग्दुर प्रयत्न गरे, ओलीले भन्नुभएको थियो । त्यसैगरी ओलीले खाडी मुलुकलाई आफ्नो रगत पसिना बगाएर हराभरा र सुन्दर र समृद्ध बनाउने नेपाली युवाहरूले नेपालको विकास गर्न किन सक्तैनन् पनि भन्नुभएको थियो ।
सम्झाउने र बुझाउने सामथ्र्य भएकाले अंगुलीमालजस्ता हत्यारा र रत्नाकरजस्ता डाकालाई सम्झाएर सज्जन बनाउन सक्छन् । चाहना भए एक वचन बोलेर र लेखेर युवाहरूलाई सम्झाउन सकिन्छ । शर्माले परोक्ष रूपमा सुधीर शर्मासित वार्ताका क्रममा ओलीले आफू धेरै जान्ने भनेझैँ गर्नुभएको बताउनुभयो । तर यस्तो कुरा कहिल्यै गरे जस्तो लाग्दैन तर ओली जुनसुकै विषय, विधा र क्षेत्रका बारेमा बोल्दा त्यसको गहिराइमा प्रवेश गरेर घैँटामा घाम लगाउने गरी र सर्वसाधारणले समेत छर्लंग बुझ्ने गरी रोचक पाराले धाराप्रवाह बोल्नु हुँदोरहेछ । यही सुनेर आफैँ मात्र विज्ञ र विद्वान् भन्ने शर्माको अहंमाथि चोट परेजस्तो लाग्यो र यस क्रममा उहाँको अभिव्यक्ति यही हीनताबोधको परिणाम हुनुपर्छ ।
एकथरि जागिर खान, पदोन्नति हुन सत्ता र भत्ताका लागि मात्र पढ्छन् । अर्काथरि ज्ञानका लागि, र ज्ञान विस्तारका लागि र त्यस ज्ञानलाई देश र जनताको हितमा उपयोग गर्न पढन्छन् । माओले भनेझैँ पढ्नु भनेको पहिलो देशको उत्थानका लागि हो । साँच्चै भन्ने हो भने ओलीको ज्ञानको गहिराई प्राप्त गर्न तपाईं हामीले अझै धेरै मिहिनेत गर्नुपर्छ । उहाँको ज्ञान बहुविध, बहुआयामिक र सिर्जनात्मक रहेछ । तपार्इं हाम्रोजस्तो र जत्तिको कुनै एक क्षेत्र विधा र विषयमा मात्र उहाँको ज्ञान रहेनछ । २०७७ फागुन ३ गते बिबिसी नेपाली कार्यक्रममा प्राडा पीताम्बर शर्माले एमाले ओली लक्षित नितान्त निजी भँडास व्यक्त गर्नुभएको थियो ।
तपाईंले बडो मुस्किलले ओली सरकाले ३ बर्से कार्यकालमा एक–दुई वटा मात्र राम्रा काम गरेको भन्नुभएको थियो तर कामको नाम उल्लेख गर्नु भएन । यस्तो हचुवा कुरा गरेको सुनेर यो लेखक छक्क परेको थियो । त्यति बेला ओली सरकारले एउटै पनि राम्रो काम नगरेको भनूँझैँ गरी शर्माले सरकारको आलोचनामा पूरै समय खर्चिनु भएको थियो । तर जतिसुकै ढाकछोप गरे पनि सत्य उजागर भइछाड्छ । एक न एक सत्य उजार गर्ने मान्छे छन् । नेपालको संविधान २०७२ जारी गर्ने बखत भारतीय शासकले ७ बुँदे प्रस्ताव संविधानमा राख्न दबाब दिएको थियो ।
त्यसमा जनसंख्या बहुल क्षेत्रमा अर्थात् तराई मधेसमा सांसद् संख्या बढाउने र यसैगरी राष्ट्रिय सभामा सभासद् बढोत्तरी गर्ने र समानुपातिक संख्या भारी मात्रामा बढाउने प्रस्तावहरू थिए । यसो गर्दा हिमाली र पहाडी भूभागहरू सांसदविहीन हुने थिए । ती सर्त मानेको भए यो देश उतिबेलै विखण्डनको डिलमा पुगिसक्थ्यो । यसमा चट्टानी अडान लिने को थियो ? तत्कालीन भारतीय परराष्ट्र सचिव एस जयशंकरले ओलीसित उक्त प्रस्तावका बारेमा घण्टौँ बार्ता गरेका थिए, उनले दिएका अनेक धाकधम्कीलाई बेवास्ता गर्दाको परिणाम तपार्इं गर्वका साथ अहिले नेपाली हुन र बन्न पाउनुभएको छ । यस्ता विषयमा तपाईंको बाम उग्रवादी पार्टी एकछिन पनि टिक्न सक्ने थिएन ।
नेपालमा लगाइएको नाकाबन्दीलाई चट्टानी अडानका साथ अटेर गर्ने को थियो ? ओली सरकारले तुइन विस्थापित गरेको, भारतबाट पाइपबाट डिजल र पेट्रोल हेटाँैडासम्म ल्याएको र उक्त कामबाट बर्सेनि करोडौँ ढुवानी खर्च जोगिएको, भूकम्प र सुनामीपीडित ७ लाख ५० हजार घरबारविहीन जनतालाई पक्की आवास बनाई हस्तान्तरण गरेको, नेपालको प्रधानमन्त्री भारतीय प्रमको भाइ होइन स्वतन्त्र र स्वाधीन राष्ट्रको समकक्षी मित्र हो भनेको र तदनुसार व्यवहार गरेको, सीमान्तीकृत जनतालाई पक्का आवास हस्तान्तरण गर्ने कामको शुभारम्भ गरेको, पीच बाटाहरू व्यापक रूपमा सम्पन्न गरेको देखिएकै छ ।
त्यसैगरी सुरुङ मार्ग तीव्र गतिमा अघि बढाएको, विराटनगरमा ढलीमली गरेर बर्सौंदेखि बसेको भारतीय सैन्य शिविर ओली सरकारले मात्र हटाउन सकेको, ओलीकालमा महँगी वृद्धि ३ प्रतिशत रहेको र आर्थिक वृद्धि दर ७ प्रतिशत रहेको तथा चुच्चे नक्सा प्रकरणमा सबै राष्ट्रिय राजनीतिक शक्तिलाई एकताबद्ध गराई नैतिक दबाब र प्रभाव सिर्जना गरेको लगायतका काम देखिएकै छ ।
ओली सरकारले गरेका सत्य तथ्यहरू डा. शर्माले बुझेर पनि बुझ पचाइरहनुभएको छ यस्तो कुरूप दृश्य देख्दा र सुन्दा देख्दा आफँैलाई लाज लाग्छ । यिनै कुराहरू नेपाल बुद्धिजीवी परिषद्, कोसी र सुनसरीले धरानमा आयोजना गरेको गोष्ठीमा मैले टिप्पणीका क्रममा उल्लेख गरेको थिएँ । आफ्नै पार्टी र सरकारका सकारात्मक काम र त्यसको सूचना वा जानकारी नहुने र सत्य तथ्य उजागर नगर्ने बौद्धिक नेतृत्व देख्दा पनि सरम नै लाग्यो । विरोधी र विपक्षीहरू त लाग्ने नै भए । डा.पीताम्बर शर्माले यति कुरा लेख्न प्रोत्साहित गरेकामा धन्यवाद !
प्रतिक्रिया