विगतका यस्ता तथ्यगत घटना र गौरवमय इतिहास आँखासामु हुँदाहुँदै पनि नेकपा एमाले आफूलाई शक्तिशाली सम्झेर दुई पार्टी प्रणालीमा जानु उचित हुन्छ भनेर मडारिएको छ । घटनाक्रमले जनमत बदलिन्छ, व्यवहारमा परिवर्तन आउँछ । २०६४ सालमा ठुलो पार्टी बनेको नेकपा माओवादी २०७० सालमा आइपुग्दा तेस्रो शक्ति बनेको तथ्य एमालेले नबिर्सिएकै बेस हुन्छ ।
पूर्व पश्चिम फैलिएको सानो मुलुक हो नेपाल । गाउँ समाजसँग सरोकार राख्ने व्यक्तिहरु थोरै हुन्छन् । गाउँ देखि राष्ट्रसम्मका घटना क्रममा पहल कदमी गर्न खोज्नु एउटा व्यक्तिगत विशेषता हो ।
संयोग नै मानौ नेपालको पूर्वी भाग र पश्चिमी भागमा थोरै समयको फरकमा दुइ व्यक्तिको जन्म भएको रहेछ । ती दुवै व्यक्ति सानै देखि ठग र छली स्वभावका बन्दै गाए छन् । ठग प्रबृत्तिमा लागेछन् । गाउँमा निकै समय ठग्ने काम गरे पछि, अन्यत्र ठगौला भनेर पश्चिमको ठग पूर्वको लामो बाटो समाते छ । त्यस्तै पूर्वको ढंगले पनि आफ्नो क्षेत्रबाट वाक्क भएर पश्चिमतिर बाटो तताए छ । संयोगले ती दुवै व्यक्तिको भेट सप्तकोशीको पुलमा भए छ । ठयाक्कै परिचय भयो । दुवै व्यक्ति पैदल नै यात्रा गर्दै रहेछन् । दुवै जनामा प्रश्न उत्तर भयो ।
पश्चिमको ठगले सोध्यो तिमी को हौ, कहाँ जाँदै छौ ? पूर्वको ठगले भन्यो ‘म पूर्वको एक चलाख उखान टुक्क्रा भन्न सक्ने ठग हुँ, पश्चिम तिर ठग्न ढाट्न हिडेको ।’ पालो आयो पश्चिमको ठगको । उसले भन्यो– म पनि पश्चिमबाट जादैछु, म पनि ठग नै गनिन्छु । तर तिमी जस्तो उखान तुक्का जान्दिन, जमानामा मलाई कुनै बेलाका सत्ताधारीले जिभ्रोमा विजुलीको करेन्ट लगाई दिए, मेरो बोलीमा प्रष्टता छै । तर पनि सामाजिक काममा व्यस्त छु । आफ्नो काम छाडदिन ।
ठगका तरिका के हुन त ? सम्बादकै क्रममा पश्चिमको ठगले भन्यो– ‘मेरो बाबुको यस्तो वगैचा थियो जहाँ राजाका मन्त्रीहरु चौध वर्षसम्म शिकार खेल्दा पनि बगैचा छिचोल्न, सक्दैनथे, पूर्व पश्चिमको किनारमा पुग्दैन थिए । बुझिस् । त्यस्तो वगैचाको धनी हुँ म । म लडतरो व्यक्ति होइन । नेपालको परिपेक्षमा जे पनि गर्न सक्छु ।’ अनि पालो आयो । पूर्विय ठगको । उसले भन्यो–‘मेरा बाबुको यस्तो लौरो थियो । त्यो लौरोले आकाश घोचे पछि जतिखेर मन लाग्यो, आफ्नो वारी र खेतमा पानी पार्न सक्तथ्यांै, मैले अहिले विशाल आकारको टावर बनाए जस्तै ।’ पूर्विया ठगका कुरा सुनेर पश्चिमा ठगले भन्यो–‘धत् पाजी तेरा बाबुको त्यति लामो लौरो कहाँ राख्थे, गिरी बन्धु चिया वगैचा त त्यसबेला बनेको थिएन नि ।’
पूर्वको ठगले भन्यो –‘धत् लाटा, तेरा गाउँको वगैचा त मेरा बाबु भन्दा जेठो थियो नि, त्यही राख्तथे त्यो लौरो, कोशी पुलमा उभिएर दुवैले हात मिलाए, मजाक गरे । आङ मर्काएर विदा भए । त्यही पुरानो दोस्तीलाई भजाएर ती दुवै व्यक्तिहरु आफ्ना दल मार्फत विद्यमान संविधान संसोधनमा लागेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको मिलीजुली सरकार बनेपछि संविधान संसोधनको चर्चा विशेष बढ्दो छ । ती दुवै पार्टीले गरेको सात बुँदे सम्झौता, गोप्यनै राखिएको छ । तर बाहिर चर्चामा आएका संसोधनका बुन्दा भने संघीयता, थ्रेस होल्ड बढाउने । दुई पार्टी प्रणाली र शासकीय स्वरुपमा परिवर्तन हो । यसका साथै प्रदेशमा समानुपातिक प्रणाली हटाउने केन्द्रमा समानुपातिक संसदको प्रतिनिधित्वलाई, राष्ट्रिय सभामा समावेश गर्ने र स्थानीय तहको संख्या घटाउने देखिन्छन् । स्थानीय तहको संख्या घटाउने बारे तर्क उठाउनु नै फजुल तर्क हो । नेपालको जनसंख्या बढ्दो छ भने स्थानीय तहको संख्या त परिस्थिति अनुकुल बढाउने सोच राख्नु उचित हुन्छ ।
संघीयताको जहाँसम्म सवाल छ । कालान्तरमा आर्थिक बोझका कारण मुलुकले सात प्रदेश थाम्न कठिन छ । वैदेशिक ऋण, उत्पादनमा कमि, युवाशक्ति पलायन, उत्पादन मुलुक, कृषि योग्य जमिन बाझै वस्नु, सालिन्दाको व्यापार घाटा, राष्ट्रको बढ्दो खर्च, उद्योग धन्दाको कमि, दलाल पुँजीको बडोन्तरी आदि कारण । यसको साटो राज्यको पुन संरचनामा परिवर्तन गर्नै पर्ने हुँदा कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश बनाएर हिमाल देखि तराई भारतीय सिमासम्म जोड्दा कसो होला ? विषालु सर्प पनि मर्ने, लौरो पनि न भाचिने ।
प्रारम्भ कालमा जुन समय मुलुक संघीयतामा प्रवेश गर्यो, गराईयो । त्यसबेला छिमेकी मित्र राष्ट्र भारतको दबाब थियो । पहिचान सहित तराई मधेसलाई एक प्रदेश बनाउने र मैथिली या हिन्दी भाषा थोपर्ने । तर यो तर्कलाई नेपालको संस्थापन पक्षले र जनताले स्वीकार गरेनन् । मधेसबादी दलहरु यही तर्कमा रौसिएका थिए । आज पनि उनीहरुमा यो धङ्धङी झिनो रुपमा देखिन्छ ।
नेपालको भू बनोट, जातिय, धार्मिक, सांस्कृतिक, सामाजिक कारणले पनि तराई र पहाडलाई प्रशासनिक दृष्टिले एकै डालोमा राखिनु उचित हुन्छ । संघीयता कायम भए पछिका यी विगतका दुइ स्थानीय तह र आम चुनावले यो तथ्यलाई प्रष्टयाएको छ । नेपाल र भारतको वीच खुल्ला सिमाना झण्डै १८०० किलो मिटर दुरीको छ । संसारको सवभन्दा बढी जनसंख्या भएको छिमेकी मुलुक भारतसँग सानो आकारको भूपरिवेष्ठित अझ भारत वेष्ठित देशको सिमाना खुल्ला राख्नु उचित र अन्तर्राष्ट्रिय कानून संगत छैन । तराई मधेसको जनताका प्रतिनिधित्व गर्दछु भन्नेहरुले यस मामिलामा अझ बढी सोच्नु पर्छ । यो सवाललाई मधेसबादी दलहरुले प्रतिनिधित्व गर्दैछन् । मधेसवादी दलका नेताले गम्भीर भएर सोच्नु अति आवश्यक छ । राष्ट्रको लागि दुरगामी सोच हुनु जरुरी छ ।
नेपालमा बहुदलीय व्यवस्थाको आवश्यकता महशुस गर्दै, पार्टी स्थापनाको प्रारम्भ नेपाली कांग्रेसले गर्यो । पछि कम्युनिष्ट पार्टी लगायत अन्य दलहरु स्थापित हुँदै गए । सात सालको परिवर्तन पछि विभिन्न विचार लिएर दलहरु गठन भए । खुकुलो वातावरणमा धेरै पार्टीको स्थापना हुँदो रहेछ भन्ने प्रमाण २०४६ साल पछि र ०६४ सालको संविधान सभाको निर्वाचनले प्रष्टयाउँदछ । ०६४ सालको संविधान सभामा चुनाव त धेरै पार्टी लडे, तर २५ दलले संविधान सभामा प्रतिनिधित्व गर्न सफल भए । यसबाट प्रष्ट बुझिन्छ कि नेपालमा बहुदलिय व्यवस्थाको आवश्यकता छ भन्ने जनताको मनोविज्ञान देखिन्छ ।
नेकपा एमाले नेकपा माओवादीको एकीकरण प्रकृयामा कानूनी त्रुटी देखिएर अदालतले कानून संगत तरिकाले सच्चाएर लेउ भनेर दिएको निर्देशनलाई अस्वीकार गरी संविधान विपरित पटक पटक प्रतिनिधिसभा भङ्ग गरेपछि फरक परिस्थिति उत्पन्न भयो । समग्र कम्यूनिष्ट आन्दोलन र नेकपा एमालेमा देखिएको दक्षिणपंथी रुझानको विरुद्ध नेपालको कम्यूनिष्ट आन्दोलनलाई पुर्नगठन गरी नयाँ दिशा दिने क्रममो नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)को गठन भयो ।
पछि भएको नेकपा एमालेको दशौ महाधिवेशनमा भाडामा ल्याइएका विचार बिहिन जमात र ०७९ सालको आम चुनावमा विगतको नौ महिनै सरकारकोे मोहियानी स्वरुप पाएको भत्ताको धुकधुकीमा प्रतिनिधि सभामा दोस्रो पार्टी बन्न पुग्यो । यसरी दोस्रो पार्टी बन्न पुगेको नेकपा एमालेको अहमतामा देशमा दुई पार्टी प्रणाली कायम गर्नु पर्दछ भन्ने कसरत भएको छ । नेकपा एमाले, आफ्नो नेतृत्वमा बनेको सरकारको तहबाट गृहकार्य गर्न लागेको छ । अन्य साना कम्यूनिष्ट पार्टी र गैर कम्यूनिष्ट पार्टीलाई विभाजन गर्ने कसरतमा लगेको देखिन्छ ।
तर विगतको प्रजातान्त्रिक र कम्यूनिष्ट आन्दोलनको इतिहास संसदीय प्रणालीको इतिहास र देशको बनोट बहुजाति, बहुधर्मी, बहुसंस्कृति, बहुभाषी आदि कारणले पनि नेपालमा दुई पार्टी प्रणाली चल्न सक्तैन सम्भव छैन भन्ने देखिएको छ । बहुदलीय प्रणाली नै नेपाली जनताको माग हो भन्ने तथय विगतले प्रमाणित भएको छ ।
विगतका यस्ता तथ्यगत घटना र गौरवमय इतिहास आँखासामु हुँदा हुँदै पनि नेकपा एमाले आफूलाई शक्तिशाली सम्झेर बुझेर दुई पार्टी प्रणालीमा जानु उचित हुन्छ भनेर मडारिएको छ । घटनाक्रमले जनमत बदलिन्छ व्यवहारमा परिवर्तन आउँछ ।
०६४ सालमा ठुलो पार्टी बनेको नेकपा माओवादी, ०७० सालमा आइपुग्दा तेस्रो शक्ति बन्न पुग्यो । ०७९ सालमा दोस्रो भएर शक्तिशाली जस्तो देखिए पनि आन्तरिक सवालमा क्रमिक रुपले नेकपा एमाले क्षयीकरण हुँदै गएको छ । अझ मिनबहादुर गुरुङ प्रकरणले तल देखि माथि सम्म विवादका रेखा कोरिएका छन् । मनमोहन अधिकारीको मोहियानीको हकमा थोरै परिवर्तन हुने वित्तिकै यो शक्ति खोयाको घरमा परिणत हुन सक्तछ ।
जबजलाई सिद्धान्तको वर्काे ओडाएर दुइ दलीय प्रणालीको ओकालत नेपालको राजनीतिक अनुकुल छैन, हुन सक्तैन । नेकपा एमालेमा केपी ओली फुर्ति, धेरै लामो समय सम्म रहने छैन । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र मधेसवादी दलको स्वीकृति विना संविधान संशोधन हुनै सक्दैन । यो धुर्व सत्य तथ्य हो । नेपालीमा एउटा उखान छ, न मच्चिने पिङको सय झटका । नेकपा एमाले त्यै झट्का खोज्दै छ ।
प्रतिक्रिया