ग्लोबल आईएमईका ग्राहकले यती एयरलाइन्सको टिकट खरिद गर्दा ५ सय रुपैयाँ क्यासब्याक पाउने

काठमाडाैँ । ग्लोबल आईएमई बैंकका ग्राहकहरूका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ ।

उक्त क्यासब्याक अफरअन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित ५ सय रुपैयाँ क्यासब्याक पाउनेछन ।

उक्त क्यास ब्याक पाउनका लागि बैंकका ग्राहकहरू तथा ग्राहक परिवारका सदस्यहरूले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट खरिद गर्नुपर्ने बैंकले जनाएको छ । ग्राहकहरूले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्ने बताइएको छन । यो क्यासब्याक योजना २९ नोभेम्बरसम्म लागू हुने बैंकले जनाएको छ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

प्रतिक्रिया