छठको पूर्वरुप (सूर्य उपासना) वेदमै पाइन्छ, तर छठी माताको प्राधान्य हुने गरी मनाइने वर्तमान छठको प्रारम्भ गुप्तकालतिर भएको जस्तो देखिन्छ । नेपाल मण्डल (काठमाडौँ उपत्यका र वरपर) बाट सुरु भएको स्वस्थानी व्रतसँग यसको विकासलाई तुलना गर्न सकिन्छ । शास्त्रीय आधार पनि लिने, तर मुख्यतः लोक परम्पराबाट अनुप्रणीत । पुरानो समाजको जातीय अन्तरसम्बन्ध र अर्थतन्त्रको संयोजन पनि यसमा देखिन्छ । छठ मुख्यतः भारतको बिहार र नेपालको तराइमा पर्ने मिथिलाञ्चल क्षेत्रको लोक पर्व हुँदै वरपरका अन्य समुदायमा विस्तार हुँदै गएको देखिन्छ ।
तराईमा बासोबास गर्ने हिन्दुहरुको महान् चाडको रुपमा लिइने छठपर्वको आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । त्यसैगरी छठ पर्व मूलतः तराईबासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीहरुले मनाउँदै आएको महत्वपूर्ण साँस्कृति पर्व हो । खास गरीकन कात्तिक शुक्लशष्ठीका दिन मनाइने छठ पर्व हो । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकारहरु विशेषगरी ठेकुवा, भुस्वा कसार आदि पारिवारिक र आफन्तजन एकै ठाउँमा बसेर खाने गरिन्छ ।
छठ पर्वलाई ऐतिहासिक रुपमा अवलोकन गर्दा द्वापरयुगबाट शुरुवात भएको देखिन्छ । त्यसबेला भारत वर्षका मानिसले यस पर्वलाई मनाउँदै आएको थिए । समयको गति सँगसँगै मुलुकको तराई भागमा बसोबास गर्ने प्रायः गरी हिन्दू समुदायले यो पर्वलाई मनाउँदै आएका छन् । विस्तारै विस्तारै यो पर्व मुलुकको काठमाडौं उपत्यका लगायत विभिन्न शहरी क्षेत्रमा मनाउँदै आएका छन् । यस पर्वमा खासगरी पोखरी, नदी नाला आदि जलाशयलाई झिलिमिलि पारी सिंगारिन्छ । यसको धार्मिक मान्यता अनुसार सूर्यको पहिलो प्रकाश शरिरमा परेको खण्डमा रोग व्याधी नाश हुन्छ भन्ने किंवदन्ती रहेको पाइन्छ । यो पर्वलाई गहिरिएर अध्ययन गर्ने हो भने वैज्ञानिक र आध्यत्मिक दुबै पक्षहरुले भरिभराउ भएको पर्व हो ।
सूर्य देवतालाई उपासना गर्नको लागि केराको घरी, विभिन्न प्रकारका फलफूल, थरीथरी र जात जातका फूलहरुले बेहुलीभन्दा पनि राम्रो सँग सिंगारिएको हुन्छ । यस पर्वमा माटाका भाँडाकुडाहरुले सजिसजाउ गर्ने चलन रहेको थियो भने आजभोली तामा तथा पित्तलका भाँडाकुडाहरु राख्ने चलनले गर्दा त्यति राम्रो र स्वाभायमान देखिदैन् । हिन्दु धर्मावलम्बीहरूको चाडका रूपमा मात्र चिनिएको यो चाड हिजोआज मुस्लिमलगायत अन्य धर्मावलम्बीहरूले समेत उत्तिकै हर्षोल्लासका साथ मनाउनुले यस चाडको महत्ता र प्रभाव पुष्टि गर्छ ।
हाम्रो देशको पहाडी, मधेसी, हिन्दु, मुसलमान, धनी, गरिब सबैले मनाउने यस चाडले नेपालीबीच जातीय, क्षेत्रीय सद्भाव र एकता, धार्मिक सहिष्णुतालाई अझ बलियो बनाउन मद्दत पुर्याइरहेको देखिन्छ । आर्थिक र भौतिक रूपले अनुत्पादक भइसकेपछि आफ्ना आमाबुवालाई समेत महत्व दिन छोडिएको वर्तमान समाजमा अस्ताउँदो सूर्यको यस पूजाले समस्त मानव समुदायलाई नैतिक शिक्षासमेत दिइरहेको हुन्छ । मुख्यतः सूर्यको पूजाआजा र उपासना गरी मनाइने यो चाडको पहिलो दिन अस्ताउँदो र दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । वैज्ञानिक दृष्टिकोणले पनि सूर्यको पूजा उपासना स्वस्थ शरीरका लागि लाभदायक मानिन्छ । सूर्यको किरणले छालासम्बन्धी रोग निको पार्छ भन्ने वैज्ञानिक र धार्मिक विश्वाससमेत रहेको छ । हिन्दु पात्रो अनुसार छठको अर्थ संख्या छौ हो, जुन कार्तिक शुक्ल पक्षको छैटौँ दिन अर्थात् षष्टि तिथिलाई जनाउँछ । संसारमा प्रायः सबै सभ्यता, धर्म, समुदाय र युगमा सूर्यको पूजा भएको पाइन्छ । बेबिलोनका निवासीहरूले सूर्य पूजा गर्थे भने युनानी परम्परामा आज पनि सूर्यलाई अपोलोका रूपमा पूजाआजा गर्ने गरिन्छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । कात्तिक शुक्लषष्ठीलाई नै छठ पर्व भनिन्छ । यो सूर्यको ब्रत बस्ने वा उपसना गर्ने पर्व हो । यस मध्ये छठ पर्व पनि एक हो । अस्ताचलमा पुगेका सूर्यको आराधना र उदीयमान सूर्यको पूजा आजा गरिने यो पर्व लक्ष्मीपूजाको छैटौ दिनमा पर्दछ । यद्यपि पर्वको मुख्य विधि भने कात्तिक महिनाको चन्द्रोदयको चौथो दिन चौथोदेखि नै आरम्भ हुन्छ । चौथीको दिनलाई अरवा भनिन्छ जुन दिन ब्रतालु पुरुष वा महिलाको खोला, ताल तलाउ, नदि, पोखरीमा स्नान गरी शुद्ध भोजन गर्नुबाहेक अरु केही काम हुँदैन । चौथीको भोलिपल्ट र षष्ठीको अधिल्लो दिनमा भने छठ पर्वको तयारीको दिनको रुपमा लिइन्छ । यस दिनलाई खर्ना भनिन्छ ।
उक्त दिनमा दिनभरि उपवास बसेका ब्रतालुको मुख्य काम साँझ पुनः स्नान गरी कुलदेउता रहेको कोठामा नयाँ माटोको चुल्हो प्रयोग गरेर सूर्य पूजा आजाको लागि नैबेद्य, भेटी, विभिन्न किसिमका जात जातका फलफूल, मिठाई तयार पार्नुपर्छ । नैवेद्यमा विशेषतः पाकेको केरा, शुद्ध घिउमा बनाइएको गहँुको पीठोको रोटी, अरुवा चामलको खीर पर्दछन् । यो पर्वमा भगवान्लाई अर्पण गर्न बनाइएका खाद्य परिकार चोखो हुनुपर्ने, जुठो पर्न गए अनिष्ट हुने र कुष्ठरोगको शिकार हुनुपर्ने धार्मिक विश्वास रहेको छ । पूजा सकिएपछि ब्रतालुले यिनै प्रसादको रुपमा आफूले खाने र ब्रत नबस्ने घरका सदस्यहरुलाई पनि खुवाउने चलन छ ।
खासगरी कन यस ब्रतप्रति रुचि राख्ने महिला तथा पुरुषवर्ग, साना–साना बालबालिकाहरु समेतले पनि छठको ब्रत बसी पूजा आजा गर्न मन पराउनेको संख्यामा बृद्धि भएको पाइन्छ । यहाँ खास गरीकन थापाथलीको बागमतीको किनार र पशुपतिनाथको बागमतीको किनारमा ब्रत बस्ने ब्रतालुहरुको संख्या बढ्दै गएको देखिन्छ । यस पर्वमा सवै उमेरका महिलाहरु सक्रिय रहने छठ पर्वमा कात्तिक शुक्लष्ठीका दिन अस्ताउँदो सूर्यलाई पूजा गर्ने र रातभर जाग्राम बसी भजनकीर्तन गरी पुनः बिहान उदाउँदो सूर्यलाई पूजा गरिन्छ । देबीभागवत अनुसार षष्ठीको ब्रत र पूजापाठ गर्ने व्यक्तिलाई मनोकामना पूरा हुन्छ । भनिन्छ यो ब्रत बसेमा छठीमाईको ब्रत र पूजा आराधना गरे धन, पुत्र, पति वा मनले चिताएको वर प्राप्ति र छालासम्वन्धी, कुष्ठ रोगहरुबाट मुक्ति पाइने लोकोकृत जनमानसमा रहेको छ ।
समग्रमा भन्नुपर्दा यो ब्रतमा कडा नियम भएको कारणले गर्दा जस्ले ब्रत बस्न सक्छ त्यो व्यक्तिले मात्र उपवास बस्नु पर्ने हुन्छ । तर आफू उपवास बस्न नसक्ने भए अरुलाई पनि राख्न सकिन्छ । अतः आर्थिक स्थिति कमजोर हुने व्यक्तिले पनि भीक्षा मागेर भए पनि ब्रत पूरा गर्न सक्छन् । यो नै ब्रतको रोचक तथा घोचक विशेषता रहेको छ । यसरी छठ पर्वमा आफू, श्रीमान् र छोराको लामो आयुको कामना गर्दै सूर्य देवलाई पूजा गरिन्छ । यसवाहेक परिवारमा शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना पनि गरिन्छ ।
छठमा घरका पाका महिलाले चतुर्थीका दिन नुहाईवरि ब्रत बस्छन् ।
पञ्चमीको राति खरना हुन्छ । छठको पूर्व सन्ध्यामा मनाइने खरनामा सख्खर, दूध र चामलले बनेको खिर तथा पाकेको केरा भगवानलाई चढाई प्रसादको रुपमा व्रतालुहरुलाई बाँडिन्छ । तर खरनाको दिन बिहानैदेखि व्रतालुहरु उपवास बस्छन् । भोलिपल्ट साँझ अस्ताउँदो सूर्यलाई अर्ध दिई पूजा गरिन्छ । त्योसाँझ नजिकको तलाउ, नहर अथवा पौराणिक चलन छ । षष्ठीको साँझ जलाशय किनारमा ल्याइएको पूजा सामग्री भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । सप्तमीको बिहान उदाउँदो सूर्यको उपासनापछि पूजा विधिवत रुपमा समाप्त हुन्छ
अग्नि पुराणका अनुसार चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको महाभारतमा वर्णन गरिएको पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । पौराणिक ग्रन्थहरूमा छठ पर्वको प्रामाणिक उल्लेख छ, जसमध्ये ब्रम्हवैवर्त पूराणको निम्न श्लोकलाई प्रमुख आधार मान्न सकिन्छ ।
षष्ठांशा प्रकृतेर्या च सा च षष्ठी प्रकीर्तिता
बालाकाधिष्ठातृदेवी विष्णुमाया च बालदा
(ब्रम्हवैवर्त पुराण, प्रकृतिखण्ड, ४३–४–६)
छठको पूर्वरुप (सूर्य उपासना) वेदमै पाइन्छ, तर छठी माताको प्राधान्य हुने गरी मनाइने वर्तमान छठको प्रारम्भ गुप्तकालतिर भएको जस्तो देखिन्छ । नेपाल मण्डल (काठमाडौँ उपत्यका र वरपर) बाट सुरु भएको स्वस्थानी व्रतसँग यसको विकासलाई तुलना गर्न सकिन्छ । शास्त्रीय आधार पनि लिने, तर मुख्यतः लोक परम्पराबाट अनुप्रणीत । पुरानो समाजको जातीय अन्तरसम्बन्ध र अर्थतन्त्रको संयोजन पनि यसमा देखिन्छ ।
छठ मुख्यतः भारतको बिहार र नेपालको तराइमा पर्ने मिथिलाञ्चल क्षेत्रको लोक पर्व हुँदै वरपरका अन्य समुदायमा विस्तार हुँदै गएको देखिन्छ । पहिचानको राजनीतिले यसको विस्तारमा ठूलो प्रभाव पारेको छ ।छठको महत्व क्रमश बढदै बढदैजादा नेपालको तराई भारतको बिहार हुदै हाल दक्षिण भारत लगायत संसारका विभिन्न देशहरूमा पनि हर्षोल्लासका साथ मनाऊन सुरू भै सकेको पाईन्छ ।
प्रतिक्रिया