फिदिम– २ का ३९ जना बाढीपहिरो पीडितलाई राहत वितरण

पाँचथर । फिदिम नगरपालिका– २ का ३९ जना बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । सो वडाको विपद् व्यवस्थापन शिर्षकअन्तर्गत ३९ जना बाढीपहिरो पीडित र ज्यान गुमाएकाको परिवारलाई गरी १ लाख ५६ हजार ८ सय रकम वितरण गरिएको वडाध्यक्ष दिननाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार असोज १२ गतेदेखिको अविरल वर्षाले क्षति पुर्याएका पीडितलाई राहत वितरण गरिएको हो । उक्त राहत पूर्ण क्षति र ज्यान गुमाएका मणि राईलगायतलाई ५ हजार र आंशिक क्षति भएकालाई ३ हजार ५ सय वितरण गरिएको वडाध्यक्ष अधिकारीले बताए ।

बाढीपहिरो पीडितलाई वडाले तत्काल १५ थान र रेडक्रसको ८ थान पालसमेत उपलब्ध गराएको अधिकारी भानाई छ । उक्त वडाको राहत वितरणमा नगरप्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपाने सहभागी थिए ।

प्रतिक्रिया