आरोप र प्रत्याराेपको सीमा छैन

अमेरिकी निर्वाचनमा

‘उनी रेडिकल माक्र्सवादी हुन्’, आफ्ना विपक्षी तथा डेमोक्र्याट उम्मेद्वार कमला ह्यारिसका बारे अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पले लगाएको आरोप हो यो । ह्यारिसले मध्यम वर्गीयलाई लक्षित गर्दै कर छुटको अवधारणा ल्याएपछि ट्रम्पले यो आरोप लगाएका हुन् । निर्वाचनमा ट्रम्प आर्थिक समृद्धीको मुद्दा उठाएका छन् । ह्यारिसले सबैले सहजै जीवनको मुद्दा उठाएकी छन् । तथापि अमेरिकी निर्वाचनमा सहजै जीवनको मतलव सामान्य खानपिन भने होइन । ह्यारिसले भन्न खोजेको सामान्य जीवनयापनको मतलब आफ्नै घर कर हो । यसकारण उनले त्यसमा कर छुटको विषयलाई प्राथिमिकता दिएकी छन् ।

५ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हँुदै छ । दुवै उम्मेद्वार र्याली, समाभारोक, पैसा संकलन तथा सञ्चार माध्यम अन्तरवार्ता दिनमा व्यस्त छन् । समृद्ध र सम्भ्रान्त अमेरिकाको राष्ट्रपति पदका लागि हुन लागेको यस निर्वाचनमा एकआपसमा लगाउने आरोप साच्चै घृणा जगाउने खालको थियो ।

यस बीचमा ट्रम्पमाथि हत्याको प्रयास पनि नभएको होइन । ट्रम्पले डेमोक्र्याट पार्टीले आफूविरुद्ध फैलाएको घृणाको उपज नै हत्याको प्रयास भएको बताए । यस निर्वाचनमा डेमोक्र्याट पनि कप्तीको छैन । कमला ह्यारिस र उनका समर्थकहरूले बारम्बार ट्रम्पलाई फासिस्टको संज्ञा दिएका छन् ।

५ नोभेम्बरका दिन हुने निर्वाचनमा अनेकाैँ बहस छन् । यसै बहसमा ट्रम्पको आक्रोश छ, ‘डेमोक्र्याटले अबैध आप्रबासीलाई बढवा दिएकै कारण हिंसा बढिरहेको छ ।’ रिपब्लिकले १२ वर्षीय मृतक बालकको आमाको रुवाइलाई पनि चुनावी रणनीति बनाएको छ । अबैध रूपमा अमेरिका पुगेका आप्रबासीबाट ती बालकको हत्या भएको थियो ।

ट्रम्पविरुद्धको आरोप पनि कप्ती छ्रैन । उनीमाथि यौन दुराचारको आरोप लागेको छ । स्पोट्र्स एलुस्ट्रेडेकी पूर्व स्विम स्विट मोडल स्टेसी विलियम्सले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।

बिहीबार सिएनएनसँगको अन्तरवार्तामा विलियम्सले सन् १९९० को दशकको सुरुआतमा ट्रम्प टावरमा जेफ्री एप्सटेसनसँगै गएको समयमा ट्रम्पले दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् । त्यसको समयमा विलियम्स २० वर्षको उमेरको हाराहारी थिइन् ।

सिएनएनका सञ्चारकर्मीले यस घटनाका बारे विलियम्सका ३ साथीसँग कुरा गरेका थिए । उनीहरूले विलियम्सले यस कुरा २००६, २०१५ र २०१८ मा यो कुरा उनीहरूसँग राखेकी थिइन् । सन् १९९३ मा एप्सटनले विलियम्सलाई टावर घुम्न र ट्रम्पलाई भेटाउन लगेका थिए । ट्रम्पले विलियम्सलाई आफ्नै कार्यालयको बाहिर भेटेको तथा स्वागतको क्रममा हातमा समाएर तानेको आरोप विलियम्सको छ । विलियम्सले सोही समयमा ट्रम्पको गलत व्यवहार गरेको आरोप विलियम्सको छ ।

विलियम्सकै अनुसार सोही समयमा एप्सटन र ट्रम्प कुरा गरिरहेका थिए । ट्रम्पको हातको अवस्था त्यही थियो । दुवै मुस्कुराइरहेको आरोप विलियम्सको छ । ट्रम्प अभियानले भने यसको खण्डन गरेको छ । ट्रम्प अभियानले चुनावमा ट्रम्पलाई हराउने नियतले उनले यो आरोप लगाएको दाबी गरेको छ ।

विलियम्सले सो कुरा सुरुमा दिनमा आफ्ना श्रीमानलाई पनि भन्न डराएकी थिइन् । उनले इप्सटेनलाई पनि चिन्ने नजिकका साथीसँग सो कुरा भन्न चाहिरहेकी थिइन् । ट्रम्पले सो घटना भएको केही दिनपछि विलियम्सलाई कार्ड पठाउँदै नयाँ परियोजनाका लागि मोडलिङको अफरसमेत गरेका थिए ।

त्यसो त ट्रम्पकै हकमा यस्ता विषय सामान्य बनिसकेका छन् । गत वर्ष नै अमेरिकी एक अदालतले यौन उत्पीडनको मुद्दामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पललाई ५ मिलियन डलर क्षतिपूर्ति दिन आदेश दिएको थियो । सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन दुव्र्यवहार गरेको आरोप पुष्टी भएको भन्दै अदालतले उनलाई सो रकम क्षतिपूर्ति दिन आदेश दिएको हो । यो एउटा सिभिल अदालतले गरेको फैसला हो ।

डोनाल्ड ट्रम्पले सन् १९९० को दशकमा लेखिका ई जिन क्यारोललाई यौन दुव्र्यवहार गरे र त्यसपछि उनलाई झुटो भन्दै बदनाम गररे । संयुक्त राज्य अमेरिकाको एक निर्णायक मण्डलले पूर्वअमेरिकी राष्ट्रपतिलाई कानुनी झटका दिने निर्णय गरेको हो । बर्गडोर्फ गुडम्यानको ड्रेसिङ रूममा ई जिन क्यारोललाई बलात्कार गरेकोमा भने ट्रम्प जिम्मेवार नभएको पाइयो तर निर्णायक मण्डलले लेखिकाको आरोपलाई ‘ठगी र झुट’ भनेकोमा ट्रम्पलाई मानहानिको लागि जिम्मेवार पनि मानिएको छ । यौन उत्पीडनका लागि ट्रम्प कानुनी रूपमा जिम्मेवार भएको त्यो घटना पहिलो हो ।

अहिले यी आरोप मात्र होइन, आरोप मात्र होइन मध्यपूर्वको युद्ध पनि अमेरिकी निर्वाचनमा प्रभाव पार्ने विषय बनेको छ । यसै कारण डेमोत्र्mयाटलाई इजरायली अमेरिकी र अबर अमेरिकी बीचको सन्तुलन मिलाउन कठिन भइरहेको छ । यसैको असर स्वरूप केही साता सर्वेक्षणमा अघि रहेकी ह्यारिस पछिल्लो सर्वेक्षणमा पछि परेकी छन् ।

नयाँ सर्वेक्षणमा डोनाल्ड ट्रम्पले राष्ट्रिय स्तरमा कमला ह्यारिसभन्दा थोरै अग्रता हासिल गरेका छन् । वाल स्ट्रिट जर्नलले गरेको नयाँ सर्वेक्षणमा यो दाबी गरिएको हो । पोलिटिकोको नयाँ रिपोर्टका अनुसार नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनअघिको यो सर्वेक्षणमा डोनाल्ड ट्रम्प कमला ह्यारिसभन्दा करिब २ प्रतिशतले अगाडि छन् ।

यसमा डोनाल्ड ट्रम्पको जितको भविष्यवाणी अहिले ४८ प्रतिशत रहेको छ भने कमला ह्यारिसको जितको सम्भावना अहिले ४५ प्रतिशत मात्रै छ । राष्ट्रियस्तरमा रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा रहेको यो रिपोर्टले जनाएको छ । यद्यपि, स्विङ स्टेटमा अग्रता हासिल गर्ने उम्मेद्वारले पनि जित्नेछ ।

पोलिटिको रिपोर्टका अनुसार वासिंगटन पोस्टले सोमबार जारी गरेको यी राज्यहरूको सर्वेक्षणले यहाँ ट्रम्प र ह्यारिस दुवैको अलिकति अग्रता रहेको देखाएको छ । १९ देखि २२ अक्टोबरमा दर्ता भएका १ हजार ५०० मतदाताबीच सर्वेक्षण गरिएको थियो । ४८ प्रतिशत मतदाताले डोनाल्ड ट्रम्पलाई सबैभन्दा उपयुक्त उम्मेद्वार मानेका छन् भने ४५ प्रतिशत मतदाता कमला ह्यारिसको पक्षमा छन् । तर २ उम्मेद्वारले ५० प्रतिशत वा त्योभन्दा बढी समर्थन प्राप्त गर्न सक्षम देखिएका छैनन् ।

यसअघि डिसिजन डेस्क हिलको पछिल्लो सर्वेक्षणमा पनि ट्रम्पले अग्रता लिएका थिए । यस सर्वेक्षणमा डोनाल्ड ट्रम्प जितको मामिलामा कमला ह्यारिसभन्दा ४ प्रतिशत अगाडि छन् । डोनाल्ड ट्रम्पको जितको प्रक्षेपण अहिले ५२ प्रतिशत थियो भने कमला ह्यारिसको जितको सम्भावना अहिले ४८ प्रतिशत मात्रै थियो ।

हालैका यी सर्वेक्षणहरूमा ट्रम्प अमेरिकी राष्ट्रपतिको चुनावको दौडमा कमला ह्यारिसभन्दा ट्रम्प ‘अलि’ अगाडि भए पनि नतिजा अझै स्पष्ट हुन सकेको छैन । यसपटक को राष्ट्रपति बन्ने भन्ने टुंगो अमेरिकाको स्विङ स्टेटले गर्नेछ । ट्रम्पले विस्कान्सिन र मिसिगनमा नेतृत्व पाएको देखिन्छ ।

एरिजोना, जर्जिया र उत्तरी क्यारोलिनामा ट्रम्पको अग्रता कायमै छ । तथापि, चुनावी नतिजाहरू नेभाडा, एरिजोना, जर्जिया, नर्थ क्यारोलिना, पेन्सिलभेनिया, मिसिगन र विस्कन्सिनका ७ निर्वाचन राज्यहरूमा जे पनि हुन सक्छ ।

यी राज्यहरूले कसले २७० मत ल्याउँछ भन्ने निर्णय गर्ने विश्वास गरिन्छ । पछिल्लो अनुमानका अनुसार न ट्रम्प र कमला ह्यारिसले स्पष्ट रूपमा यो संख्या हासिल गरेका छन् । सर्वेक्षणमा यो परिवर्तन आए पनि अहिले ट्रम्प आप्रवासीसँग आत्तिएका छन् । ट्रम्पमाथि लगातार कमला ह्यारिसको नाम घोषणा हुनुअघि ट्रम्पले सर्वेक्षणमा बाइडेनलाई निरन्तरअगाडि बढाउँदै आएका थिए, तर अहिले जनताको दृष्टिकोण बदलिएको छ ।

यसैबीच, कमला ह्यारिसले फेरि आफ्नो जितको दाबी गरेकी छन् । जर्जियामा चुनावी अभियानमा जानुअघि उनले आफू सबै अमेरिकीको नेता बन्न तयार रहेको बताइन् । प्रजातन्त्रको भविष्यप्रति सबैको चासो आफूले देखिरहेको उनले बताइन् ।

कमला ह्यारिसले भनिन्, ‘अमेरिकीहरू आशावादी भएर देशको नेतृत्व गर्ने र आफूसामु चुनौतीहरूको सामना गर्ने राष्ट्रपति चाहन्छन् । यस क्रममा उनले डोनाल्ड ट्रम्पले जनताको मौलिक स्वतन्त्रता खोसिएको आरोप लगाइन् । उनले अमेरिकी सीमा सुरक्षित राख्नु आफ्नो उच्च प्राथमिकता रहेको बताइन् । यस क्रममा ह्यारिसले निर्वाचित भएमा द्विपक्षीय सीमा सुरक्षा विधेयक ल्याउने र कानुन बनाउने वाचा गरिन् ।

गत वर्ष नै जो बाइडेन र डोनाल्ड ट्रम्प आफ्नो दलबाट उम्मेद्वार पक्का भएपछि सन् २०२० कै रिम्याचको तय थियो । एक बहसमा बाइडेन ट्रम्पका सामु फिक्का सावित भए पछि जुलाई महिनामा मैदान छाडेका थिए । यसपछि ह्यारिसको बाटो खुलेको थियो । ह्यारिसको लोकप्रियता बढिरहेको थियो । पछिल्लो मध्यपूर्व युद्ध र एलन मस्कको चुनावी अभियानले ट्रम्पका लागि सहयोगी सावित भएको थियो । ट्रम्पले लागातर इजरायली अमेरिकीले ह्यारिसलाई मतदान गर्नु भनेको मर्नुसरह भएको प्रतिक्रिया दिएका छन् । परन्तु, अरब अमेरिकनको पनि पूर्ण साथ ह्यारिसले पाएकी छ्रैनन् ।

जो बाइडेनले निर्वाचनअघि नै युद्ध विराम गर्नका लागि प्रयास त नगरेका होइनन, परन्तु उनको प्रस्तावमा हिजबुल्लाह, हमास र इजरायलले अटेर गरिरहेका छन् । यसै युद्धका कारण तेलका् मूल्य बढिरहेको छ । यसको असर डेमोत्र्mयाटले खेपिरहेको छ ।

प्रतिक्रिया