अरिंगालले चिलेर फिदिममा एक युवकको मृत्यु

पाँचथर । फिदिम नगरपालिका– ६ निवासी एक युवकको अरिंगालले चिलेर मृत्यु भएको छ । फिदिम नगरपालिका वडा नम्बर ६ शिवा निवासी २६ वर्षीय शुभराज तुम्रोकको अरिंगालले चिलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो घर नजिकै जंगलमा अरिंगाल झार्ने क्रममा उनलाई अरिंगालले चिलेको थियो ।

अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी गर्दै गर्दा घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक युवकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया