भारतीय प्रधानमन्त्री रुस प्रस्थान

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको काजान प्रस्थान गरेका छन् । यो जानकारी प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

यो ब्रिक्सको १६ औँ शिखर सम्मेलन हो । उनले आफ्नो पोस्टमा भारतका लागि ब्रिक्सको महत्त्व उल्लेख गर्दै यस शिखर सम्मेलनमा धेरै ठुला विषयहरूमा छलफल गर्न लागेको बताए। उनले यो शिखर सम्मेलनमा धेरै नेताहरूसँग भेटघाट गर्ने समेत लेखेका छन् ।

मोदीले यसअघि ८ र ९ जुलाईमा रुसको भ्रमण गरेका थिए । अर्थात् यो वर्ष प्रधानमन्त्री मोदीको यो दोस्रो रुस भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदी ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस जानुअघि सोमबार भारतका विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

उक्त पत्रकार सम्मेलनमा भारत र चीनबिच वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसीमा सेनाको गस्ती गर्ने विषयमा सहमति भएको बताइएको थियो । ब्रिक्स विकासशील अर्थतन्त्र भएका देशहरूको समूह हो । ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सामेल छन् ।

प्रतिक्रिया