भोजपुर । कोशी प्रदेश राज्यमन्त्री सिजना राईले रु एक लाख राशिको अक्षयकोष स्थापना गरेकी छन् । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गरेकी हुन् ।
आफ्नो जीवनकालमा गायक गुरुङले सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताइन् ।
‘गुरुङले सांगीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको छ’, राज्यमन्त्री राईले भनिन्, ‘यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।’
प्रतिक्रिया