जेरुसेलम । हमासले इजरायलमाथि अकस्मात आक्रमण (७ अक्टोबर २०२३) गरेको एक बर्ष पुगेको छ । यो अवधिमा भएका हिंसा र प्रतिहिंसाको सिलसिला अझै रोकिएको छैन । हिंसा रोकिनुको सट्टा यो थप बहुआयामिक हुँदै गएको छ ।
इजरायल माथि भएको यो अकस्मात आक्रमण यत्ति गोप्य थियो कि उसका सहयोगीहरूले त परै जाओस इजरायल समेत पत्तै पाएन । त्यसै आक्रमणमा १ हजार २ सय जनाको आसपासमा ज्यान गइसकेको छ भने १ सयजना जत्ति अझै बन्दी बनाइएका छन् । इजरायलले गरेको प्रत्याक्रमणमा करिब ४२ हजार प्यालेस्टाइनीको ज्यान गएको छ । यो े १ वर्ष मध्यपूर्व यति अशान्त भयो कि शान्ति स्थापनाको सम्भावनाको त कुरै छाडौँ, वार्ताका धेरै बाटाहरू बन्द भएका छन् ।
इजरायलले प्यालेस्टाइन छाड्नु पर्ने एकतर्फी अडान राख्ने हिजबुल्लाहले इजरायलमा गरेको आक्रमण पछि पछिल्लो समय लेबनानमा इजरायलले लगातार हवाई आक्रमण गरिहेको छ । हवाई आक्रमण अहिले दक्षिणी बेरुतमा जमिनी आक्रमणमा सरेको छ । लेबनानमा करिब २ हजारको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजबुल्लाहका शीर्ष नेता मारिने क्रम जारी छ । यसका बाबजुद हिजबुल्लाह पनि टसमस छैन । मध्यस्थताको प्रयास गरेका कतार र इजिप्ट थाकीसकेका छन् ।
पछिल्लो समय इरानले इजरायलमा रकेट प्रहार मात्र गरेन,इजरायल माथी आक्रमण भएको १ वर्ष पुगेको उपलक्ष्यमा खुसीयाली मनाएको छ । इरानले रकेट प्रहार गरेकोमा पनि खुसीयाली मनाएको छ र सेना प्रमुखलाई सम्मानित गरीसकेको छ । यस बिचमा इजरायलले सिरियामा पनि आक्रमण गर्यो ।
केही साता अघिसम्म इजरायलले नरसंहार गरेका कारण सो रोक्नु पर्ने तथा शान्तिको प्रस्ताव स्वीकार गर्नु पर्ने भन्ने अमेरिकी प्रशासनको पनि बोली अहिले आएर फेरिएको छ । सोमबारे राष्ट्रपति पदको डेमोक्रयाट उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले इजरायललाई युद्ध विरामको निम्ति दबाब दिन नमिल्ने आशय व्यक्त गरेकी छिन् ।
इजरायलीहरूले गुमाएको आफन्तलाई सम्झिएकै दिन हिजबुल्लाहले त्यहाँको तेस्रो ठुलो सहर हाइफामा पनि आक्रमण गरेको छ । हाइफामा हिजबुल्लाहको यो आक्रमण १८ वर्ष पछिको पहिलो समेत हो । सन् २००६ मा लेबनान युद्धको समयमा त्यहाँ पछिल्लो पटक आक्रमण भएको थियो ।
सोमबार ह्वाइटहाउसबाट प्रेषित विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, ‘ तपाइहरू एक्लो हुनुहुन्न । हामी सबै मृतक र पीडितको साथमा छौ ।’ बाइडेनले मृतक र बन्दी बनाइएकाहरूको परिवार प्रति समवेदना समेत व्यक्त गरेका छन् ।
सोमबार नै इजरायली डिफेन्स फोर्स (आइडीएफ)ले प्यालेस्टाइन र लेबनानमा थप आक्रमण गर्ने सूचना जारी गर्दै २० गाउँलाई त्यस स्थान छाड्न भनेको छ । समाचार संस्था एएफपीले जनाए अनुसार सोमबार पनि इजरायली आक्रमणबाट लेबनानमा धेरैको ज्यान गएको छ । यसरी ज्यान गुमाउने मध्य ८ जनाको शव फेला परेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार आक्रमणमा १० जान अग्नि नियन्त्रक लडाकुको ज्यान गएको छ । हिजबुल्लाहले पनि सोमबार नयाँ आक्रमण गरेको जनाएको छ । सो आक्रमणमा भएको क्षति भने सार्वजनिक भएको छैन ।
१२ लाख भन्दा बढी विस्थापित सयौँ, बन्दी र हजारौँको ज्यान गएको मध्यपूर्वको यो विकराल अवस्था सुरु भएको १ वर्ष पुरा भए पनि यसलाई रोक्न शक्ति राष्ट्रहरुले आवश्यक पहल नलिंदा अवस्था विकराल बन्दै गएको छ ।
प्रतिक्रिया