मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । छायाँनाथ रारा नगरपालिकाको आयोजनामा र साहस नेपालको सहआयोजनामा ‘स्थानीय बाली उत्पादनमा जोड गरौँ,’ परनिर्भपर होइन आत्मनिर्भर बनौँ’ भन्ने मुल नाराका साथ दुई दिन २० र २१ गते कृषि मेला प्रर्दशनीको आयोजना गरीएको थियो ।
कृषि मेला प्रदर्शनीमा छायाँनाथ रारा नगरपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख बिष्णुकुमार भामका अनुसार स्थानीय बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, र विविध बालीअन्तर्गत विभिन्न २० प्रकारका वस्तुहरु प्रदर्शनीमा राखिएको थियो ।
छायाँनाथ रारा नगरपालिकाभित्रका ३ सय जना कृषिकहरुले आफूले उत्पादन गरेका वस्तुहरु मेलामा ल्याएको नगरप्रमुख भामले बताए । प्रदर्शनीमा राखिएका उत्कृष्ट स्थानीय बालीलाई पुरस्कृत गरिएको छ । प्रथमलाई ३ हजार, द्वितियलाई २५ सय, तृतियलाई २ हजार पुरस्कृत गरिएको छ ।
कृषकले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी गर्ने र उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने गरी छायाँनाथ रारा नगरपालिकाले कृषि मेला प्रदर्शनी आयोजना गरिएको जनाइएको छ ।
यो कार्यक्रमले व्यवसायिक कृषकहरुलाई थप प्रोत्साहन मिल्ने विश्वासका साथ छायाँनाथ रारा नगरपालिकाले हरेक वर्ष छायाँनाथ रारा नगरपालिकास्तरीय कृषि मेला प्रर्दशनीको आयोजना गर्दै आएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
मुगु
प्रतिक्रिया