सिमरा । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन मधेश प्रदेशको भूमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गरेका थिए ।
प्रमुख अतिथी रहेका भएका मन्त्री क्षेत्रीले सहकारीले आवद्ध सदस्यको हितमा काम गर्दै उनीहरुको मन जित्न सके मात्रै सफल हुने बताए । सहकारीको नाम लिँदा बाराको हातेमालो पहिलो नम्बरमा परिचित रहेको आफुले पाएकोमा हातेमालो सहकारी संस्थाको जति प्रसंसा गर ेपनी कम हुने बताए । मधेश प्रदेश सरकारले लामो समयदेखि सम्पर्कमा नाअएको सहकारी संस्थाको दर्ता खारेजी गर्ने कार्यको चाडै सुरुवात गर्ने मन्त्री क्षेत्रीले बताए । मधेश प्रदेशमा रहेका सहकारी संचालकलाई बोलाएर अन्तरक्रिया गरेर सरकार प्रदेश सहकारीको हकहितमा काम गर्न तयार रहेको समेत मन्त्री क्षेत्रीले बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, एमाले नेता एवं पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, संस्थाका उपाध्यक्ष सन्जय साह, समाजेवी मुकुन्द बहादुर क्षेत्री, समाजसेवी कृष्णव्रत सिंह लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया