हिलिहाङमा अमरपुर बृहत पम्पिङ खानेपानी आयोजना सम्पन्न, १ हजार ५ धारामा पठाइयो पानी

पाँचथर । हिलिहाङ गाउँपालिका पाँचथरमा तमोर धनमानेदेखि विजुली भञ्ज्याङ डाँडासम्मका १ हजार ५ सय परिवारको घरघरमै खानेपानी पुगेको छ । अमरपुर बृहत पम्पिङ खानेपानी आयोजना सम्पन्न गरी घटस्थापनाको दिनदेखि १ हजार ५ सय धारमा पानी पठाइएको हो । उक्त खानेपानी आयोजना निर्माणको लागि जिआरडी सिएबी जेभि काठमाडौँसँग २०७२ असार २२ मा सम्झौता भएको थियो ।

१५ करोड ५१ लाख ५१ हजार ५ सय ४ रुपैयाँ लागतमा सम्पन्न भएको सो आयोजना अन्तरगत १ लाख लिटरको ट्यांकीबाट शाखा १७ वटा ट्यांकीमा पानी पठाइएको आयोजनाका प्रवन्ध निर्देशक देवेन्द्र चाैलागाईँले जानकारी दिए । विगतका २ वर्ष बाढीले १ करोडभन्दा बढीको क्षति गरेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कम्पनी जिआरडी सिएबी जेभिका सह–व्यवस्थापक गोविन्द चौलागाईँ, कोसी प्रदेश इन्चार्ज देवी चौलागाईँ निर्माण स्थलमै बसेर काम गरिरहेको बताइएको छ । १५ जना प्राविधिक घाम पानी बाढी झरी नभनि खानेपानीको काममा खटिएका छन् ।

प्रतिक्रिया