जनकपुरधाम । देश प्रकृति विपद्को परिस्थितिबाट गुज्रिरहेका बेला जनताको ढाँड सेक्ने गरी भाँडादरमा वृद्वि गरेको भन्दै जनकपुरधामका युवाले बुद्ध र यति एयरलायन्सको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । ४ हजारदेखि ४५ सयसम्म रहेको जनकपुरधामदेखि काठमाडौँको भाडादर बढाएर (२ जनाको) १० देखि १२ हजारसम्म गरेपछि युवाहरूले आक्रोश व्यक्त गरेका हुन् ।
जनकपुरधामका युवा अभियन्ता सरोजकुमार मिश्रले फेसबुकमा स्टाटस लेख्दै बुधबारसम्म एयरलायन्सले मानवीय सेवाका लागि भए पनि भाँडा पुनर्समायोजन नगरे बिहीबार जनकपुरधामस्थित दुवै एयरलायन्सको कार्यालयमा तालाबन्दीसहित प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।
देशमा सयौँ मानिसको ज्यान जाने गरी भएको विपद्मा पनि अन्य दिनमा कमाएर धनी भएका एयरलायन्सहरू यसरी मानवीय रूपमा समेत संवेदनशील हुन नसक्नु सरकारको लाचारीसमेत रहेको उनीहरूको जिकिर छ । क्यान धनुषाका अध्यक्षसमेत रहेका शोभाकान्त गुड्डु पाण्डेले पनि एयरलायन्सले जनताको विवसताको फाइदा उठाएर यस्तो विपद्मा लुट्न लागेको टिप्पणी समाजिक सञ्जालमार्फत गरेका छन् ।
देशमै भाडा वृद्विको विरोध भएपछि प्रधानमन्त्रीले गरेको अपिलको पनि कुनै सुनुवाइ नगरी एयरलायन्सले मनपरी भाडा बढाएर उडान भर्न थालेका छन् ।
प्रतिक्रिया