पाँचथरमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुग्यो, ५ बेपत्ता

पाँचथर । वर्षाको कारण पहिरोले पुरेर मृत्यु पाँचथरमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ४ जना बेपत्ता र १ जना घाइते भएका छन् । फिदिम १ का वडाध्यक्ष गजाधर भट्टराईका अनुसार मृत्यु हुनेमा फिदिम नगरपालिका १२ घर भइ फिदिम ४ बस्ने २४ वर्षिया सपना शेर्पा र उनकी छोरी ५ वर्षिया डोल्मा शेर्पा, फिदिम ८ भोटेगाउँका वर्ष ८२ का पश्चिमा शेर्पा, फिदिम २ मजिटेकी ३५ बर्षिया रञ्जना राई र फिदिम १ दुमाका ५५ बर्षिय गोपी विश्वकर्मा रहेका छन् ।

पहिरोमा घाइते हुनेमा मृतक रञ्जना राईका छोरा बिपन राई रहेका छन् । उनको उपचार जिल्ला अस्पताल पाँचथरमा भइरहेको छ । यस्तै, पहिरोमा परि कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो, राजेश तुम्बापो उनको श्रीमती सरस्वती तुम्बापो बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । बेपताहरूको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

हेवाँखोलाको बेलिब्रिज बग्यो

हेवा खोलामा आएको बाढीले मेचीराजमार्ग अन्तरगत फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेलीब्रिज बगाएको छ ।फिदिम ४ का वडाध्यक्ष उपेन्द्र लावती बाढीले हिलिहाङ तर्फको पिल्लर बगाएको बताए । गत वर्ष असारमा आएको बाढीले हेवाखोलाको पक्कि पुल बगाए पछि सोहि स्थानमा अस्थाई बेलिब्रिज बनाईएको थियो । बेलिब्रिज बगाएपछि पाँचथरको हिलिहाङ, याङवर र ताप्लेजुङ तर्फको यातायात पुर्र्णरुपमा बन्द भएको छ ।

फेमोखोलाको पक्कि पुल बग्यो

बाढीले फिदिम फालोट सडकखण्ड अन्तरर्गत फिदिम १ र फिदिम ११ जोड्ने फेमेखोलाको पक्कि पुल बगाएको छ । मेची राजमार्गको हेवा खोलामा बेली ब्रिज बगाएको केहि समयमा नै फेमेखोलाको पक्कि पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया