फिदिम नगरपालिका र वडा २ को संयोजनमा सडक नाली सरसफाई

पाँचथर । फिदिम नगरपालिका र वडा नम्वर २ ले संयुक्तरुपमा सडक नाली, कच्ची सडक मर्मतसहित सरसफाइलाई तिव्र बनाइएको छ । नगरप्रमुख मित्रप्रसाद काफ्लेको ठाडो आदेश र वडाको संयोजनमा सँयुक्तरुपमा सरसफाई सञ्चालन भइरहेको छ ।

वडा २ का अध्यक्ष दिननाथ अधिकारीका अनुसार नगरपालिकाको जोरसालदेखि,कालुराम चोक सम्म, नयाँ नमुना लाइन का कालोपत्रे सडक नाली र कच्ची सडकमा सरसफाई तथा मर्मत गरिनेछ ।

सडक सरसफाई गर्ने कामदारले सरकारी दररेट अनुसार बैंक मार्फत ज्याला भुक्तानी गरीने अध्यक्ष अधिकारीले बताए । दशैँ तिहार चाड पर्व लक्षित, वर्षादले बिगारेका कच्ची सडक समेत गाडी सञ्चालनमा आउने गरि मर्मत सरसफाई गरिरहेको अधिकारीको भनाई छ ।

प्रतिक्रिया