भावी राष्ट्रपतिका लागि १०३ भोट निर्णायक !

अमेरिकी राष्ट्रपति निर्वाचन

काठमाडौँ । आगामी ५ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदै छ । सो निर्वाचनका लागि हरेक समय सर्वेक्षण भइरहेको छ । एकपछि अर्को गरी भएका सर्वेक्षणमा राष्ट्रपति उम्मेदवार कमला ह्यारिसको पल्ला भारी देखिइरहेको छ । यसअघि भएको सर्वेक्षणमा ४७ प्रतिशतको अवस्थामा रहेकी ह्यारिसको पक्षमा पछिल्लो सर्वेक्षणअनुसार ४८ प्रतिशत मतदाता पुगिसकेको छन् ।

पछिल्लो सर्वेक्षणले ट्रम्पले पनि १ प्रतिशत सुधार गरेका छन् । सर्वेक्षणले ट्रम्पको पक्षमा ४५ प्रतिशत मत देखिएको छ । पछिल्लो सर्वेक्षणले ह्यारिस ४७ तथा ट्रम्प ४४ प्रतिशतको अवस्थामा थियो । पछिल्लो अवस्थाले थप २ प्रतिशत अनिर्णीत मतदाताले आफ्नो विचार प्रष्ट पारेको देखिएको हो । दुवै उम्मेदवारको पक्षमा १–१ प्रतिशत मत थपिएको छ ।

अब बाँकी ७ प्रतिशत मतदाता मात्र अनिर्णीत छन् ।
यसअघि नै रिपब्लिक र डेमोक्र्याट पार्टीबाट राष्ट्रपतिका उम्मेदवार तय भएपछि वर्तमान राष्ट्रपति बाइडेन र ट्रम्पको रिम्याच हुने अवस्था थियो । ट्रम्पको लगातार आक्रमण सहन नसकेपछि गत जुलाईमा बाइडेनले उम्मेदवारी त्यागेका थिए । त्यसपछि डेमोक्र्याटले ह्यारिसलाई उम्मेदवार बनाएको थियो । सुरुआती दिनमा उम्मेदवारी परिवर्तनले खासै प्रभाव नपार्ने अनुमान गरिए पनि ह्यारिसको प्रस्तुति प्रभावकारी भएपछि उनको म्भावना बढेको अनुमान गरिएको छ ।

पेनेसेल्भिनयामा भएको पछिल्लो बहस ६ करोड ७० लाखभन्दा बढीले हेरेका थिए । सो बहसमा प्रभावका आधारमा ५३ प्रतिशतले ह्यारिस तथा २४ प्रतिशतले ट्रम्प प्रभावशाली पाए । यो सर्वेक्षण भए पनि ह्यारिस नै राष्ट्रपति निर्वाचित हुने निश्चित भने भएको होइन । पहिलो त सर्वेक्षण एकदमै क्लोज छ । केही हदसम्म सर्वेक्षण गलत भएमा पनि ट्रम्प विजयी हुन सक्नेछन् । दोस्रो– निर्वाचन हुन अझ केही समय बाँकी छ । अमेरिकाको राष्ट्रपतिको चयन इलेक्टोरल मतका आधारमा हुने भएकाले लोकप्रिय मतले कुनै अर्थ राख्दैन ।

तथापि जसरी ह्यारिस हाबी हुँदै आएकी छिन्, यसले उनको सम्भावना बलियो बनाएको भने पक्कै हो । विगतको अमेरिका बिर्सिएर अझ प्रभावशाली अमेरिका बनाउने नयाँ नारा अघि सारेकी उनलाई धेरैले सुन्ने गरेका छन् । सुरुमा दर्शक तथा स्रोतको ध्यान आकृष्ट गर्ने उनको आत्मविश्वासी शैलीले नै उनलाई नयाँ उचाइ दिएको छ । अमेरिकामा ८३८ इलेक्टोरल मतदाता हुनेछन् । राष्ट्रपति हुनका लागि २७० मत आवस्यक हुन्छ ।

अमेरिकामा ५० राजय छन् । प्रायः राज्यमा खासै मत स्विङ हुने गरेको छैन । मत स्विङ हुने ७ राज्य नै निर्णायक ठहर हुनेछन् । यी ७ राज्यमा पेनेसेल्भियना, नर्थ क्यारोलिना, नाभाडा, एरिजोना, जर्जिया, मिचिगन र विन्सकन्सिन छन् । यी ७ राज्यमा कुल १०३ इलेक्टोरल मतदाता छन् । यही मत नै सायद अमेरिकी राष्ट्रपति चयनमा निर्णायक हुनेछन् ।

प्रतिक्रिया