वीरगन्ज । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ल्याएको पन्च इभी शनिबारदेखि वीरगन्जबाट पनि बिक्री वितरण सुरु भएको छ । वीरगन्जस्थित प्राइम अटो मोटर्स ट्रेडिङले पन्च इभी सार्वजनिक गर्दै बिक्री बितरण सुरु गरेको छ ।
टाटाको पन्च इभी वीरगन्जमा लन्च भएसँगै उत्साहजनक रूपमा बिक्री सुरु भएको छ । शनिबार वीरगन्जमा सार्वजनिक गरी बिक्री सुरु गरेको पहिलो दिनमै ३ वटा गाडी बिक्री भएको प्राइम अटोका सञ्चालकले बताएका छन् । सञ्चालक सचिन साहले अनुसार टाटा पन्च इभीलाई लिएर नेपालमा जुन प्रकारको उत्साह छ, त्यो अनुसार बिक्री तथा बुकिङमा पनि देखिएको बताए ।
पन्च इभीको सार्वजनिक गर्ने कार्यक्रममा वीरगन्ज आइपुगेका सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले विगतमा पनि टाटा मोटर्सले सधैँ नेपाली जनताको चाहनाअनुसारका गाडी ल्याउन सफल भएको बताए । पन्च इभीको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेको उनले बताए ।
उनले बहुप्रतीक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन अत्याधुनिक प्रविधियुक्त रहेको तथा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सका साथै २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) २ भिन्न ब्याट्री प्याक रहेको बताए । यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको उनले जानकारी गराए ।
त्यस्तै नेपालका विभिन्न भू–भागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने बताइएको छ । पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ । नेपाली बजारमा टियागो इभी र नेक्सन इभीको सफलतापछि पन्च इभी वीरगन्जबाट बिक्री हुन थालेपछि खरिदकर्तालाई सम्पूर्ण सुविधा वीरगन्जबाटै उपलब्ध गराउन सकिने बताइएको छ ।
पन्च इभी सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले उद्घाटन गरेका थिए भने सो कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सिप्रदि ट्रेडिङ प्रा.लि वीरगन्ज शाखाका प्रमुख संदिप गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया