बझाङमा लागुऔषध चरेससहित एक जना पक्राउ

बझाङ । बझाङमा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । शुक्रबार राति जिल्लाको बुङ्गल नगरपालिका––२ रैसेल्ली बस्ने वर्ष ४१ का उज्जल जाग्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जाग्रीलाइ बुङ्गल नगरपालिको बिजगडा बजारतर्फ जाँदै गरेको अवस्थामा प्रहरी निरीक्षक किशोर जोशीको कमान्डमा खटिएको टोलीले चेकजाँच गर्दा ९ किलो ४३९ ग्राम तौल बराबरको लागुऔषध चरेस नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया