घरेलु भूमिको ग्रान्डस्लाम अमेरिकीका लागि सुखद

न्युयोर्क । यस वर्षको युएस ओपन पुरुष एकलको फाइनलमा कमसेकम १ जना अमेरिकी खेलाडी खेल्ने पक्का भएको छ । फ्रान्सेस टाफोइ र टेलर फ्रिट्जका बीच सेमिफाइनल भिडन्त पक्का भएको हो । १८ वर्षपछि युएस ओपनको फाइनलमा कुनै अमेरिकी प्रवेश पक्का भएको हो । युएस ओपन जित्ने अन्तिम अमेरिकी एन्डी रोडिकले सन् २००३ मा सफलता पाएका थिए ।

सन् २००६ मा रोडिक नै फाइनलमा रोजर फेडेररसँग पराजित भएपछि कुनै पनि अमेरिकी फाइनलमा प्रवेशसमेत गरेका छैनन् । धेरैपटक ग्रान्डस्लाम क्वार्टर फाइनलबाट बाहिरिएका फ्रिजले मंगलबार राती भएको खेलमा भने अलेक्जेन्डर जेभरेभलाई ७–६, ३–६, ६–४, ७–६ ले हराए । ग्रिगर डिमिट्रोभ रिटायर्ड हर्ट भएपछि टाफोइ सेमिफाइनल प्रवेश गरेका हुन् । ग्रिगर रिटायर्ड हर्ट हुनुअघि खेलमा उनले ३–६, ६–७, ६–३, ४–१ ले अग्रता लिएका थिए ।

सेमिफाइनल प्रवेशका बाबजुद टाफोइले दुःख व्यक्त गरेका छन् । उनले यस किसिमको सफलताले आफूलाई खुसी नदिलाएको बताए । उनले यो खेल दुवै जनाका लागि सधैँ सम्झने खेल भएको बताए ।

टाफोइ र फ्रिट्ज दुवैको यो तेस्रो पटकको ठुला प्रतियोगितामा सेमिफाइनल प्रवेश हो । यस अघिका सबै खेलमा उनीहरूले सेमिफाइनलमा नै हार बेहोरेका थिए । महिलातर्फ पनि अम्मा नाभारोले पावला बाडोसालाई हराउँदै सेमिफाइनल प्रवेश गरेपछि यो अमेरिकीका लागि ठुलो सफलता भएको छ ।

फ्रिट्जको यो ३३औँ ग्रान्डस्लाम सहभागिता हो । उनी सन् २०२३ मा क्वार्टरफाइनलमा नोभाक जाकोभिकसँग पराजित भएका थिए । सन् २०२२ को जुलाईमा उनी विम्बल्डनको क्वार्टरसफाइनल तथा यस वर्षको जनवरीमा भएको अस्ट्रेलियन ओपन क्वार्टरफाइनलमा पनि यसै किसिमको हार बेहोरेका थिए ।

महिलातर्फ दोस्रो वरीयताकी आर्यना साबलेन्काले सातौँ वरीयताकी ओलम्पिक स्वर्ण विजेता चिनियाँ झेङक्वीन वेनलाई ६–१, ६–२ ले हराएकी हुन् । सेमिफाइनलमा उनले भिडन्त अमेरिकी नाभारोसँग हुनेछ । नाभारोले क्वार्टरफाइनलमा बाडोसालाई ६–२, ७–५ ले हराएकी हुन् । दोस्रो सेटमा नाभारो ५–१ ले पछि परे पनि राम्रो कम ब्याक गर्दै सफलता पाएकी हुन् ।

गत वर्षको फाइनलमा कोको गफसँग पराजित साबेल्नकोले भने यसअघि २ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । जुनमा भएको फ्रेन्च ओपनको खेलमा भने उनले नाभारोसँग ५ सेट मात्र गुमाएकी थिइन् ।

शीर्ष वरीयताकी इगा स्वेतकको सहभागिताका बाबजुद साबलेन्कालाई धेरैले यस वर्षको उपाधिको दाबेदारको रूपमा हेरिएको थियो । यस खेल अस्ट्रेलियन ओपन फाइनलकै री म्याच थियो । खेलमा साबलेन्काले १ ब्रेक प्वाइन्टसमेत जोगाएकी थिइन् । साबलेन्काको यो नवौँ ग्रान्डस्लाम सेमिफाइनल प्रवेश हो । न्युयोर्कमै भने लगातार चौथोपटक सेमिफाइनल प्रवेश हो । सन् २००२ मा सेरेनापछि ४ पटक युएस ओपनको सेमिफाइनलमा प्रवेश गर्ने साबलेन्का सबैभन्दा कान्छी खेलाडी भएकी छन् ।

पछिल्ला वर्षहरूमा खासै सफलता नपाएकी नाभारो यसवर्ष भने एकपछि अर्को सफलता पाउँदै आएकी छन् । यस वर्ष उनी अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी थिइन् । यसै गरी, फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेकी थिइन् भने विम्बल्डनको क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन् । युएस ओपनको सेमिफाइनल प्रवेश भने उनका लागि महत्वपूर्ण सफलता हो ।

नाभारोले यसै प्रतियोगिताको चौथो चरणमा गफलाई हराएकी थिइन् । दोस्रो सेटमा भने बाडोसाले दोहोरो ब्रेक प्वाइन्ट जोगाउने अवसर पाएकी थिइन् ।

न्युयोर्कमा जन्मिएकी नाभारो यस सफलताका लागि बिलिनियर बाबु बेनलाई धन्यवाद दिन चाहन्छिन् । बेनकै कारण उनलाई यस खेलमा लाग्न प्रेरणा मिलेको हो । लामो समय ढाढको समस्यासँग जुधेकी बाडोसाको पनि पहिलो सेमिफाइनल प्रवेशको प्रयास थियो । दोस्रो सेटका हार भने उनका लागि साँच्चै पीडादायक थियो । लगातार २० प्वाइन्ट गुमाउनु उनका लागि साँच्चै दुःखद् पनि थियो ।

प्रतिक्रिया