नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावी सभा सम्पन्न

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (0.33333334, 0.33333334); modeInfo: ; sceneMode: Night; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 269.0849; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

रौतहट । नेपाल इन्जिनियर्स एसोसिएसन नेपालको आयोजनामा चुनावीसभा तथा अन्तरक्रिया कार्यक्रम रौतहटको गौरमा सम्पन्न भएको छ ।

२८ भदौमा हुने नेपाल इन्जिनियर्स एसोसिएसनको तेस्रो प्रादेशिक कार्यकारणी समितिअन्तर्गत मधेस प्रदेशको प्रादेशिक निर्वाचनको लागि नेपाल इन्जिनियर्स एसोसिएसन नेपाल गैरराजनीतिक संगठनको तर्फबाट उम्मेद्वारी दिएका उम्मेद्वारको प्रचारप्रसारका लागि चुनावी सभा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा इन्जिनियर गौरी पण्डितको नेतृत्वमा सहभागी भएका टिमलाई जिताउनका लागि आयोजना गरिएको प्रमुख अतिथि इन्जिनियर प्रमोद यादवले बताए । उक्त संगठन कुनै राजनीतिक दलको भातृ संगठन नभई इन्जिनियरहरूको हकअधिकारको लडाइँको लागि स्वतन्त्र संगठन भएको उनले बताएका छन् ।

कुनै दलसँग आबद्ध नभएको हँुदा राजनीतिक दलको संगठन पार्टीको नीति निर्देशनमा हिँड्ने गरेकोले इन्जिनियरहरूको हक हितमा बलियो आवाज उठाउन नसक्ने जिकिर गर्दै इन्जिनियर गौरी पण्डित नेतृत्वको प्यानललाई जिताउन मतदातालाई आग्रह गरे ।
२ वर्षको कार्य अवधि रहेको सो संगठनको निर्वाचनमा गौरी पण्डितको नेतृत्वमा १६ जना उम्मेद्वार रहेका छन् ।

कार्यक्रममा केन्द्रीय कार्यकारणी सदस्य पदका उम्मेद्वार तेजनारायण यादवले पार्टीको भातृ संगठनले पेसागतमा रहेका इन्जिनियरलाई केही समस्या पर्दा केही बोल्न नसकिने भएकोले गैरराजनीतिक संगठनका उम्मेद्वारलाई सफल बनाउन आग्रह गरे ।

गैरराजनीतिक संगठनको तर्फबाट सभापतिमा इन्जिनियर गौरी पण्डित, उपसभापतिमा मुकेश राज साह, सचिवमा इन्जिनियर अजितकुमार मण्डल, सहसचिव आर्किटेक रोशनी यादव, कोषाध्यक्षमा अभिषेककुमार गुप्ता, सदस्यमा परबेज खान, अमितकुमार पाण्डेय, आशुतोष कुमार सिंह, अरविन्दकुमार महतो, मधुसुधन सरार्फ, मनोजकुमार साह, रामकान्त प्रसाद यादव, अशोक मण्डल, जितेन्द्र राय र इन्जिनियर अर्चना यादव उम्मेद्वार रहेका छन् । कार्यक्रम नेसनल इन्जिनियर्स एसोसिएसन नेपालको रौतहटका अध्यक्ष अभिषेक कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया