ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौँडा । ट्रकको ठक्करबाट सोमबार मकवानपुरमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा– १९ नेवारपानीमा सिमेन्ट बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौँडा– ९ का २५ वर्षीय अभिषेक सुवेदीको मृत्यु भएको हो ।

नवलपरासीबाट झापाको लागि सिमेन्ट बोकेर जाँदै गरेको बा प्र ०३–००१ ख २०८६ नम्बरको ट्रकले बिहान सवा ९ बजेतिर हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बा प्र ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले गम्भीर घाइते सुवेदीलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । ठक्कर दिने ट्रकका चालक दाङको गडुवा गाउँपालिका– २ बस्ने चन्द्रप्रसाद चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया