जनकपुरधाम । भदौ २९ गते हुने जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि तालिका सोमबार सार्वजनिक गरिएको छ । मनोनयनपत्र दाखिला १४ भदौमा हुने जानकारी निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिएका छन् ।
तालिका अनुसार ७ भदौमा मतदाता नामावली प्रकाशन, ९ भदौमा मतदाता नामावलीमाथि दाबी विरोध तथा सच्याउने कार्य, १० भदौमा अन्तिम नामावली प्रकाशन, १३ भदौमा मनोनयनपत्र वितरण १४ भदौमा मनोनयनपत्र दाखिलाको कार्यक्रम रहेको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेद्वारी दाखिला हुनेछ । सोही दिन साँझ ६ बजे उम्मेद्वारीको नामावली प्रकाशन गरिनेछ ।
१५ भदौमा उम्मेद्वारहरूमाथि दाबी विरोध, १६ भदौमा उम्मेद्वारको दोस्रो नामावली प्रकाशन, १७ भदौमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वारी फिर्ता, सोहीदिन साँझ ६ बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन, २१ देखि २६ भदौसम्म मतदाता परिचयपत्र वितरण गरिनेछ । भदौ २९ गते बिहान ८ बजेदेखि ५ बजेसम्म मतदान हुने जानकारी निर्वाचन समितिका सदस्य किशन दीक्षितले जानकारी दिएका छन् ।
प्रतिक्रिया