पाँचथर । जिल्ला को तुम्बेवा गाउँपालिका– २ हुलाक टोलका एक बालकको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १५ वर्षीय बालक दर्शन तिम्सिना रहेका छन् ।
इन्द्रेणी माविमा कक्षा ९ मा अध्ययरत तिम्सिना विद्यालयबाट घर फर्कने क्रममा शहिद पार्क नजिक पुग्दा अचानक परेको चट्याङले लागेर गम्भीर घाइते भएका थिए ।
घाइते भएका तिम्सिनालाई उपचारको लागि स्वास्थ्य चौकी मौवामा ल्याई चेकजाँच गराउँदा स्वास्थ्यकर्मीले मृृत घोषणा गरेका थिए । यस्तै चट्याङ लागेर उनका दाजु १९ वर्षीय लाभप्सन तिम्सिना गम्भीर घाइते भएका छन् ।
उनको स्वास्थ्य चौकी मौवामा उपचार सम्भव नभएपछि थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया