पाँचथर । जिल्लाको निर्माण व्यवसायी संघको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्बिरोध बल थापा मगरलाई निर्विरोध चयन गरेको छ । साथै थापाको नेतृत्वमा १५ सदस्य समिति चयन भएको छ ।
मगर विगत लामो समयदेखि पाँचथरमा निर्माण व्यवसाय गर्दै आएका थापा निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सन्तकुमार राईले जानकारी दिए ।
यस्तै, संघको अधिवेशनबाट वरिष्ठ उपाध्याक्षमा सूर्य प्रकाश बाँस्कोटा, उपाध्याक्षमा शंकर थापा मगर, महासचिवमा दिपेन्द्र योक्पाङदेन, उपमहासचिवमा पुर्ण आङदेम्बे, कोषाध्यक्षमा देवेन्द्र अधिकारी निर्वाचित भएका छन् ।
सदस्यहरूमा सुजन नेम्वाङ, शैलेन्द्र कुरुम्बाङ, बिरेन्द्र श्रेष्ठ, डिल्लीकुमार आले, शिव अधिकारी, राजन काफ्ले, नरेन्द्रकुमार फियाक र महिला सदस्यमा देवीकुमारी बाँस्कोटा निर्वाचित भएको कोषाध्यक्ष देवेन्द्र अधिकारीले बताए । सो अधिवेशनको उद्घाटन फिदिम नगरपालिका मेयर मित्रप्रसाद काफ्लेले गरेका थिए ।
प्रतिक्रिया