बझाङको टुमेडा पहिरो : चार जनाको मृत्यु, ६ जनाको जीवितै उद्धार

बैतडी । अविरल वर्षासँगै बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुंगल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

गए राति गएको पहिरोमा घर पुरिँदा चार जनाको मृत्यु भएको उनले बताएकी हुन् । उनले भनिन्, ‘चार जनाको मृत्यु भएको र ६ जनाको उद्घार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं ।’

पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो । पहिरोमा पुरिएका अन्य ६ जनाको जीवितै उद्धार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।– रासस

प्रतिक्रिया