नेपाली टोलीको भारतमा प्रशिक्षण सुरु

नयाँ दिल्ली । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा प्रशिक्षण सुरु गरेको छ । सोमबार भारत गएको नेपाली टिमले मंगलबारदेखि प्रशिक्षण सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लुरुस्थित नेसनल क्रिकेट एकेडेमी (एनसीए)मा २ साता प्रशिक्षण गर्नेछ । यो अवसर क्यानको पहलमा बिसिसिआईले उपलब्ध गराएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिम आइसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गत क्यानडामा हुने शृंखलाका लागि आवश्यक तयारीका लागि प्रशिक्षण गर्न भारत पुगेको हो । प्रशिक्षणमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिन सन्दीप लामिछाने भने सहभागी छैनन् । क्यानडाको ग्लोबल टी–२० लिग खेल्न क्यानडा पुगेका तीनै जना खेलाडी स्वदेश फर्किएका छैनन् ।

प्रतिक्रिया