काठमाडौं । एएफसी च्यालेन्ज लिगअन्तर्गतको चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीचको पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ३८औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका लाकेन लिम्बुले गोल गरे । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । त्यसको दुई मिनेटमै अर्थात् ४०औँ मिनेटमा पारोका लागि किंगा वाङ्चुकले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।
चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किंगाले गोल गर्न सफल भए । नेपालको चर्च ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग विजेता हो ।
प्रतिक्रिया