माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलकाे प्रमुख सचेतकमा गीतादेवी माल

धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभा संसदीय दल प्रमुख सचेतकमा गीतादेवी माल मनोनीत भएकी छन् ।

मंगलबार संसदीय दलकाे बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेकाे उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।

यसअघिका प्रमुख सचेतक मानबहादुर धामी खगराज भट्टलाई हटाउँदै दलकाे नेता बनेपछि माओवादीकाे प्रमुख सचेतक पद खाली थियाे ।

प्रमुख प्रतिपक्षी दल समेत रहेकाे माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेकाे जानकारी प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको छ ।

प्रतिक्रिया