तिलु र प्रवेशको तीज कोसेली ‘छोरी भ’र जन्मनु’

काठमाडौँ । सञ्चारकर्मी एवं गीतकार तिलु शर्मा पौडेल र प्रवेश पौडेलले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै कोसेली स्वरूप ‘छोरी भ’र जन्मनु’ बोलको गीत ल्याएका छन् । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली चेलिबेटीहरूको उच्च कदर गर्दै यस गीत ल्याएको सञ्चारकर्मी शर्माले बताए । नेपाली समुदायमा एक कालो परम्परा अझै गाडिएको महसुस भएको र छोरा नजन्मेसम्म बच्चा जन्माइरहने, सातवटी छोरी जन्मिसक्दा पनी छोराको चाहना राख्ने प्रचलन अझै पनि कायम रहेको सुनाउँदै शर्माले आफ्नो यस गीतले महिलाहरूलाई थप हौसला प्रदान हुने जिकिर गरे ।

कुल र वशं धान्न पनि छोरो चाहीने एक रुढीवादी परम्परा अझै गडेको उनको भनाई छ । केही दिनअघि बाबा ईन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक गरिएको सञ्चारकर्मी शर्माको उक्त तीज गीत ‘छोरी भ’र जन्मनु’मा कथासहितको भिडियो समावेश छ । म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउँदै आएका सञ्चारकर्मी तथा गीत संगीत व्यवसायी तिलु शर्मा र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउँदै आएका गायक एवं सर्जक प्रवेश पौडेलले मिलेर संकलन गरेका हुन् । गायिका शान्तिश्री परियारले आवाज दिएको उक्त गीतको संगीत संयोजन याम थापा मगरले गरेका छन् ।

गीतको भिडियोमा बुहारीका रूपमा स्मारिका ढकालको केन्द्रीय भूमिका रहेको छ भने अंशु थापा महर्जनले सासूको भूमिकामा अभिनय गरेकी छन् । सन्ध्या अर्यालले जेठी छोरी (नर्स) र वर्षा लम्सालले कलेज पढ्दै गरेकी कान्छी छोरीको भूमिका निभाएकी छन् । निर्देशक प्रवीण थापाको कथा तथा क्रोरियोग्राफीमा तयार भएको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने अमृत चपागाईले सम्पादन गरेका छन् ।

छोरी भएर जन्मनु कुन जुनीको पाप हो भन्दै सुरु हुने कथा छोरी र बुहारीबीच भिन्नता देख्न नहुने, नारी सबै एकै हुन् भन्ने सन्देशमुलक कथासहित भिडियोमा समावेश गरिएको सञ्चारकर्मी शर्माले बताए । यही गीतको भाग दुई पनि बनाउने लक्ष्यसहित यस गीत र भिडियो बजारमा ल्याएको उनले सुनाए ।

प्रतिक्रिया