फ्रान्सलाई हराउँदै स्पेनले जित्यो फुटबलको उपाधि

पेरिस ओलम्पिक

पेरिस । पेरिस ओलम्पिकमा चीन र अमेरिकाको तीव्र प्रतिस्पर्धा अन्तिम दिनसम्म कायम रहँदा धेरैको चासो रहेको पुरुष फुटबलको उपाधि स्पेनले जितेको छ । आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जारी पेरिस ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक जितेको हो ।

फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेन सन् १९९२ पछि पहिलो पटक फुटबलको स्वर्ण पदक जित्न सफल भएको हो । सुरुआती अग्रता लिए पनि जोगाउन नसक्दा फ्रान्स घरेलु मैदानको रजत पदकमा चित्त बुझाउन बाध्य भयो । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनले थप २ गोल गर्दै ५–३ को जित निकालेको हो ।

पछिल्लो वर्षयता स्पेनी सिनियर पुरूष तथा महिलादेखि उमेर समूहका टोलीले पनि एकपछि अर्को उपाधि जितिरहेका छन् । केही महिनाअघि मात्रै स्पेनी फुटबल टिमले इङ्ल्यान्डलाई हराउँदै युरोकप फुटबलको उपाधि उचालेको थियो । त्यस्तै पछिल्लो महिना स्पेनी यू–१९ टोली पनि युरोपियन च्याम्पियन बन्यो । अहिले यु–२३ प्रतियोगिताको रुपमा ओलम्पिकको स्वर्ण पदक जितेको स्पेन महिला फुटबलको विश्व च्याम्पियन समेत हो ।

पेरिस ओलम्पिकमा सनसनी फैलाउने क्रममा अमेरिकाकी सिड्नी म्याकगाउलेनले ५०दशमलव ३७ सेकेन्डको विश्व कीर्तिमान सहित स्वर्ण पदक जितेकी छिन् । सो स्पर्धामा नेदरल्यान्ड्सकी स्टार फेम्के बोललाई पछि पार्दै अमेरिकाकी अन्ना क्रोकरले रजत पदक जितेकी छिन् ।

महिला ४ गुणा १०० मिटर रिलेमा पछि परेको अमेरिकाले कमब्याक गर्दै स्वर्ण पदक जितेको छ । पुरुष रिलेमा भने अमेरिका अयोग्य घोषित भयो । सो स्पर्धामा क्यानडाले स्वर्ण पदक जित्यो ।

गत वर्षमात्रै स्पेनी महिला फुटबल टोलीले विश्वकप फुटबलको उपाधि उचालेको थियो । एकपछि अर्को सफलता पाइरहेको स्पेनी टोलीले यू–२३ तर्फ ओलम्पिकमा फुटबलको स्वर्ण पदक पनि घर भित्र्याएको छ । ४०० मिटर हर्डल्समा अमेरिकाका बेन्जामिन राईले स्वर्ण पदक जिते । सो स्धर्पामा विश्व कीर्तिमानधारी नर्वेका कासर्टन ओर्लहमले रत पदक जिते । यसैगरी विश्व च्याम्पियन अलेजान्द्रो सान्टोसले कास्य पदक जिते ।

महिला ट्रिपल जम्समा जोर्डन अलेजान्द्रोले स्वणए पदक जितिनु । पोर्चुगलकी पेड्रो पिचार्टोले रजत तथा इटालीकी एन्डी डियाजले कास्य पदक जिते । एथलेटिक्सकै महिला १० हजार मिटर दौडमा केन्याकी बेट्राइस चेबटले स्वर्ण पदक जितिनु । सो स्पर्धामा इटालीकी नाडीया बासेलोटीले रजत तथा नेदरल्यान्ड्सकी सिफाना हसनले कास्य पदक जितिन् ।

बक्सिङको पुरुष ७५ केजीमा मेक्सिकाको मार्को अलानसोलाई हराउदै उज्बेकिस्तानका असाद खुजाले स्वर्ण पदक जिते । तेक्वान्दोको ८० केजीमा इरानका मेखान बाराडोजीलाई हराउदै ट्युनेसियाका फिरास काटाउसीले स्वर्ण पदक जिते । महिलाको ५० केजीमा टर्कीकी बस नाजलाई हराउदै चीनकी व युले स्वर्ण पदक जितिन् । उज्बेकिस्तानका लाजीजबेकले अजरबैजानका लोरेन बोर्टोलाई हराउदै ९२ केजीको स्वर्ण पदक जिते ।

पुरुष म्याराथनको उपाधि इथोइपियाकी टामिराट टोलाले जिते । बेल्जियमकी बसिर अबदीले रजत तथा केन्याकी बेन्सन किरुटोले कास्य पदक जिते । बक्सिङको ६६ किलोमा अल्जेरियाकी इमाना खलिफले चीनकी याङ लीउलाई हराउदै स्वर्ण पदक जितिनु । इमानालाई गएको विश्व च्याम्पियनसिपमा लैङ्गीक महिचान पुष्टि गनए नसकेको कारण प्रतिबन्ध लगाइएको थियो । यस प्रतियोगितामा भने उनले आफूलाई महिला भएको पुष्टि गरे पछि मात्र सहभागिताको अवसर पाएकी थिइन् ।

नदिमको क्रिकेटर बन्ने चाहना

भारतका निरज चोपरालाई पछि पार्दै एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ओलम्पिकमा कीर्तिमान स्वर्ण जितेका पाकिस्तानका अर्शद नदिम अहिले चर्चामा छन् । टोकियो ओलम्पिकमा स्वर्ण जितेका भारतका निरज चोपरा स्वर्ण रक्षा गर्ने अभियानमा थिए । तर अर्शदले ओलम्पिककै कीर्तिमानी समयमा स्वर्ण जित्दा निरजले रजत जिते ।

नदिमले थ्रोमा ९२.९७ मिटर थ्रो गर्दै सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका आन्द्रेस थोरकिल्डसेनले बनाएको ९०.५७ मिटरको ओलम्पिक कीर्तिमान तोडेका हुन् । निरज चोपराले ८९.४५ मिटर थ्रो फाल्दै रजत जिते । ग्रेनडाका एन्डरसन पिटर्सले ८८.५४ मिटर फाल्दै कांस्य जिते ।

गत वर्ष विश्व च्याम्पियनसिपमा निरज चोपराभन्दा पछि रहेका अर्शदले नदिमले सन् २०२२ मा कमनवेल्थ गेम्समा स्वर्ण जितेका थिए । सन् २०२१ मा जापानमा भएको टोकियो ओलम्पिकमा पाँचौ भएका नदिमले चोटका कारण गत वर्ष १९औं एसियाडमा सहभागिता जनाउन सकेका थिएनन् । सन् २०१८ मा भएको एसियन गेम्समा उनले कांस्य पदक जितेका थिए ।

नदिमको ओलम्पिक स्वर्ण यात्रा सहज भने थिएन । उनको राम्रो स्पोनसर थिएन । अन्य प्रतिस्पर्धी खेलाडी जस्तो उनले सुविधा सम्पन्न प्रशिक्षण पनि पाएका थिए । सन् २०१५ देखि एउटै ज्याभलिन प्रयोग गर्दै आएका थिए । त्यो पनि गत वर्ष ड्यामेज भएको थियो । पाकिस्तानी मिडियाहरुका अनुसार गाउँका मानिसहरुले रकम उठाएर नदिमलाई सहयोग गरेका थिए ।

तिनै नदिम सानोमा क्रिकेटर बन्न चाहन्थे । सन् १९९७ मा लाहोरभन्दा २५० किमी टाढा मिएन चान्नुमा जम्निएका नदिम ७ सन्तानमध्ये तेस्रो सन्तान हुन् ।
उनको परिवार आर्थिक रुपमा कमजोर थियो । उनको बुबा कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे ।स्कुल पढ्दादेखि नै नदिमको शारीरिक बनावट राम्रो थियो । उनले क्रिकेट ब्याडमिन्टन फुटबल देखि एथ्लेटिक्स सबै खेल खेल्थे ।

क्रिकेटमा उनको विशेष रुची थियो । उनले जिल्ला स्तरसम्म क्रिकेट खेले । एथ्लेटिक्समा राम्रो प्रदर्शन गरेपछि प्रशिक्षक राशिद अहमख साकीको नजरमा परे । जसले उनलाई आफ्नो अन्डरमा ल्याएर उनको प्रतिभा निखार्ने काम गरे ।
नदिमलाई उनका दाई शाहिद नदिमले क्रिकेटबाट ज्याभलिनमा स्विच गर्न भूमिका खेलेका थिए । त्यतिबेला धेरै ज्याभलिन भनेको के हो भन्नेसम्म पनि थाहा थिएन । ज्याभलिन थ्रोमा केन्द्रित हुनुअघि उनले डिस्कस थ्रो र सटपुट पनि खेले । उनले पञ्जाव युथ फेस्टिभलमा ‘ज्याभलिन थ्रो’मा पदक जितेपछि यसमा सफलता पाउन थाले । त्यसपछि उनलाई राष्ट्रिय स्तरमा एथ्लेटिक्स टीमहरु आर्मी, एअर फोर्स र वाप्डाबाट प्रस्ताव आउन थाल्यो ।

नदिमलाई ज्याभलिन थ्रो मै केन्द्रित हुन उनका बुबा मुहम्मद अस्रफले मुख्य भूमिका खेलेका थिए । नदिमको ज्यालिन थ्रो करियर सन् २०१५ बाट सुरु भयो । सन् २०१६ मा उनले वल्र्ड एथ्लेटिक्सबाट छात्रवृत्ति पाए । जसका कारण उनले मरिससमा रहेको आईएएफ हाई पर्फमेन्स ट्रेनिङ सेन्टरमा प्रशिक्षित हुने अवसर पाए ।

उनले उच्च स्तरमा खेल्न थाले, त्यसपछि उनले विभिन्न खालका चुनौतीहरु पनि सामना गर्नुपर्यो । उनलि विभिन्न चोटको सामना गरे । यस्तै प्रायोजकहरु समेत पाउन कठिन थियो । उनलाई गाउँका मानिसहरुले पैसा चन्दा उठाएर प्रदान गर्थे ताकि उनले अन्य शहरहरुमा गएर प्रशिक्षण गर्न सकोस् ।

प्रतिक्रिया