लाइन विस्तारका क्रममा करेन्ट लागेर बाजुरामा एक जनाको मृत्यु

बाजुरा । विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर बाजुराको बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर विष्टको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका–६ जडांगामा विष्टलाई करेन्ट लागेको थियो ।

जडांगामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर विष्ट घाइते भएपछि उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । रासस

प्रतिक्रिया