देशभर २५ जनामा हैजा पुष्टि, कुन पालिकामा कति ?

काठमाडौं । देशभर हैजा संक्रमितको संख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको पछिल्लो बुलेटिन अनुसार देशभर संक्रमितको संख्या २५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा दुई जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एक जनामा हैजा संक्रमण देखिएको इडिसिडीले जनाएको छ ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।– रासस

प्रतिक्रिया