जाजरकोटकी १८ वर्षिया सुत्केरी महिलालाई होलिकोप्टरबाट उद्धार

तस्विर : वाल कुमार शर्मा

रुकुम पश्चिम । जाजरकोटको कुशे गाउँपालिकामा एक सुत्केरी महिलाको होलिकोप्टरबाट उद्धार गरिएको छ । गाउँपालिकाको ४ नम्वर वडा स्थित टाँगाचौर का स्थानीय कृष्णबहादुर रोकायाकी १८ वर्षीय श्रीमती निशा रोकायालाई होलिकोप्टरबाट उद्धार गरिएको हो ।

रोकायालाइ सुत्केरी व्यथाले च्यापेपछी मङ्गलबार बिहान अर्छानीमा रहेको स्वास्थ्य चौकीमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको होलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिईन्। गाउँपालिकाको सहयोगमा उनलाई सुर्खेत पठाईएको सिंहले बताईन्।

सानै उमेरमै विवाह गरेका कारण उनलाई सुत्केरी हुन अप्ठ्यारो भएको स्वास्थ्यकर्मी बताउँछन्। सरकारले जनताको आधारभूत कुरामा ध्यान दिन नसक्दा शिक्षा, स्वास्थ्य जस्ता विषय ओझेलमा परेका छन् । केन्द्र, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न गैरसरकारी संघसंस्थाले अलगअलग विधि र प्रक्रियाबाट बालविवाह न्यूनीकरणका नाममा करोडौं बजेट सके पनि अवस्थामा सुधार हुन सकेको छैन ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया