वीरगन्ज । नवनियुक्त मधेस प्रदेशका भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीलाई गृह जिल्ला पर्सामा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला पर्सा आइ पुगेका मन्त्री क्षेत्रीलाइ नेता कार्यकर्ताले स्वागत गरेका हुन् ।
मधेस प्रदेशको राजधानी जनकपुरबाट सडक मार्ग हुँदै पर्सा आइपुगेका मन्त्री क्षेत्रीलाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले फुलमाला र खादा लगाएर स्वागत गरेका हुन् । मन्त्री क्षेत्रीलाइ स्वागत गर्न बिहानै घन्टाघरमा कार्यकर्ता तथा शुभचिन्तकका साथ कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी पुगेका थिए ।
त्यस्तै मन्त्री क्षेत्रीको सम्मानमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । कार्यबाहक सभापति कुर्मीको अध्यक्षतामा शनिबार स्वागत तथा सम्मान कार्यक्रमको आयोजना समेत गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै कार्यबाहक सभापति कुर्मीले मधेस प्रदेशका जनताको सेवा गर्न नेपाली कांग्रेसले अवसर पाएकोले यस अवसरलाई बढी भन्दा बढी सदुपयोग गर्न आग्रह गरेका छन् । यस्तै कृषि मन्त्री बनेका क्षेत्रीलाई कृषि उत्पादनमा मधेस प्रदेशलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए । सम्मानका साथ सफल कार्यकालको बधाइ समेत दिइएको थियो ।
मन्त्री क्षेत्रीले आफू मन्त्री बन्नका लागि मात्र नाअएको बताए । उनले जिम्मेवारीलाई जनताको पक्षमा काम गरेर देखाउने प्रतिवद्धता गरेका थिए । उनले आफ्नो मन्त्रालयका सचिव तथा निर्देशकलाई कृषिमा क्रान्ति ल्याउनका लागि नयाँ नयाँ योजनाहरु बनाउन निर्देशन दिएको बताए । त्यस्तै उनले नेपालमा रहेका सातै प्रदेशमा मधेस प्रदेशलाई कृषिमा नमुना प्रदेशको रुपमा विकसित गर्न प्रयासरत रहेको बताए ।
पर्सा क्षेत्र नं ३को (क) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका क्षेत्री पहिलो पटक मधेस सरकारको भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री बनेका हुन् ।
प्रतिक्रिया