गौसंरक्षण मञ्चद्वारा राम मन्दिर संरक्षण सम्बद्र्धन गर्न माग

जनकपुरधाम । गौसंरक्षण मञ्चले राम मन्दिर तथा मन्दिर वरिपरि रहेका मन्दिरहरूको संरक्षण सम्बद्र्धन गर्न माग गरेको छ । मञ्चले गुठी संस्थानलाई ज्ञापन पत्र बुझाउँदै राम मन्दिर सरसफाइमा ध्यान पु¥याउनुका साथै मन्दिर वरिपरि रहेका भवनहरूको संरक्षण सम्बद्र्धन गर्न माग गरेको हो ।

मञ्चले बुझाएको ज्ञापन पत्रमा राम मन्दिर र परिसरलाई संरक्षण सम्बद्र्धन मर्मत आदि गरी सफा सुग्घर राख्ने व्यवस्था हुनुपने, राम मन्दिरको कम्पाउन्डमा रहेको पार्कलाई साविक अनुसार फुलबारीको रूपमा राख्न फूल विरुवा आदि रोपी सुन्दर बगैँचाको निर्माण र व्यवस्थापन गर्न ठोस उपाय अवलम्बन हुनुपर्ने, राम मन्दिर अगाडि धनुष सागर पोखरीको डिलमा रहेको रामायण भवनको पुनः पौराणिकता झल्कने गरी मर्मत सम्भार जिर्णोद्धार गरी सौन्दर्यीकरण गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया