नारायणगढ । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्यांकर ठोक्किँदा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज दिउँसो भरतपुर महानगरपालिका–२९ मा पर्ने भतेरीमा नारायणगढबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल बोकेको ट्यांकरको पछाडि ठोक्किँदा बसमा सवार १५ यात्री घाइते भएका हुन् ।
घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको प्रवक्ता रिजालले बताए । घाइतेमध्ये एकजना गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ ।– रासस
प्रतिक्रिया