सिरहा । सिरहामा प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ नगरपालिका– ४ बस्ने वर्ष २० का रौसाद राइन, सिरहा कर्जन्हा नगरपालिका– ३ बस्ने वर्ष २४ का समीर बोगटी र सोही ठाउँ बस्ने वर्ष २० का सरोज भन्ने शरद महरा रहेका छ्न् ।
जिल्लाको कर्जन्हा नगरपालिका– २ बन्दिपुरस्थित श्री फुलकुमारी विद्यालय गेट अगाडि रहेको चिया पसल नजिक लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचाको आधारमा ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरूको साथ बाट प्लास्टिकमा बेरिएको लागूऔषध ब्राउनसुगर जस्तो देखिने गिलो पदार्थ प्लास्टिकसहित ३३० मिलि ग्राम र प्लास्टिक बाहेक २८० मिलिग्राम फेला परेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिक्रिया