धनुषामा ८०० भन्दा बढी फरार प्रतिवादी पक्राउ

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले आर्थिक वर्ष २०८०÷०८१ मा ८७९ फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन गरी विभिन्न घटनाका ती फरार प्रतिवादी पक्राउ गरी जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले ८०० भन्दा बढी फरार प्रतिवादी पक्राउ गर्नु नै गत आर्थिक वर्षको ठुलो उपलव्धि रहेको बताए । त्यसैगरी पत्रकार सम्मेलनमा भन्सार चोरी निकासीमा ९ करोड ५६ लाख ३ हजारभन्दा बढी रकम राजस्व संकलन गरिएको जानकारीसमेत उनले दिए ।

प्रगति विवरणबारे जानकारी दिँदै प्रहरी उपरीक्षक तिवारीले अवैध लागुऔषधतर्फ गाँजा ६०७ दशमलव ३९९ किलो, ब्राउन सुगर १४१ दशमलव ४६ ग्राम, नाइट्राभेट ट्यावलेट ३ हजार २५८ पिस, सिमप्लेक्स ४९५ क्यापसुल, स्पलेन ३४ बोतल, पेन्डाजोल इन्जेक्सन–२६ पिस, नुर्फिन ४९९ एनटिजेड, नाइट्राजेपाम–३५४० पिस, नाइट्रोसम–४७ पिस, कोडिवेल–२७ बोतल बरामद गरिएको बताए ।
यस्तै साइबर क्राइमतर्फ ३२० वटा निवेदन प्राप्तभएकोमा सम्बन्धित कार्यालयमा २७८ वटा कारबाहीका लागि पठाइएको छ भने ४० वटाको काम सम्पन्न भएको हो ।

अनुचित लेनदेन मिटरब्याजीतर्फ १ हजार १४५ वटा निवेदन दर्ता भएकोमा ६०२ वटाको मुद्दा फस्र्छौट भएको, २० वटा मुद्दा दर्ता भएको जानकारी दिँदै उनले २५ बिघाभन्दा बढी जग्गा पीडितलाई फिर्ता गराइएको र २४ करोड ५९ लाखभन्दा बढी रकम साहु महाजनको असुल गराइएको बताए ।

साथै जिल्लाका विभिन्न स्थानमा ७४ वटा नयाँ सिसिटीभी जडान र ६२ वटाको मर्मत गराइएको जानकारी दिँदै प्रहरी उपरीक्षक तिवारीले सवारी दुर्घटनामा केही वृद्धि भए पनि धनजनको क्षतिमा निकै न्यूनीकरण भएको बताए । उनले भने गत ३ वर्षको तथ्यांक हेर्दा पछिल्लो आवमा १ हजार ९० सवारी दुर्घटना भएको जसमा ७३ जनाको मृत्यु, ४०५ गम्भीर घाइते र १ हजार ३२० जना सामान्य घाइते भएको बताए ।

प्रतिक्रिया