धरहरीको राधाकृष्ण मन्दिरमा प्राण–प्रतिष्ठा सम्पन

रौतहट । रौतहटको देवाही नगरपालिकामा नव निर्मित राधाकृष्ण मन्दिरमा प्राण–प्रतिष्ठा सम्पन्न भएको छ । सोमबार देवाही गोनाही नगरपालिका–९ धरहरीमा अपरान्ह करिब ५ बजेको समयमा प्राण–प्रतिष्ठा सम्पन्न भएको हो । अचार्य श्री ओमप्रकाश मिश्राको मसखार बिन्दुबाट भगवान् श्री राधाकृष्णको मूर्तिलाई प्राण–प्रतिष्ठा गरिएको पूजा समितिले जानकारी दिए ।

भगवान् श्री राधाकृष्णको प्राण–प्रतिष्ठा तथा पूजामा स्थानीयहरूले चन्दा सहयोग गरेका थिए । प्राण–प्रतिष्ठामा ठूलो राशि खर्च हुने भएकोले मुख्यत लगानी यज्ञकर्ता स्थानीय तथा वडाध्यक्ष पदका प्रत्याशी बच्चु साहले बेहोरेको मन्दिरका पुजारी यादवलले बताए ।
साह वडामा समाजिक तथा धार्मिक कार्यमा सधैँ अग्रसर हुँदै आएको स्थानीयहरूको भनाइ छ । असार ३० गतेदेखि सुरु भएको यज्ञमा पहिलो दिन करिब २५१ कुमारी कन्याद्वारा कलश यात्रा दोस्रो दिन असार ३१ गते प्राण–प्रतिष्ठा र श्रावण १ गते यज्ञ पूर्णाहुति तथा भण्डारा गरी यज्ञ सम्पन्न भएको छ ।

हिन्दूहरूको अस्थाको केन्द्र राधाकृष्ण मन्दिरमा प्रतिमाको रूपमा रहेको भगवान् श्री राधाकृष्णको प्राण–प्रतिष्ठा भएपछि अब प्रत्येक वर्षको कृष्ण जन्माष्टमीको दिन मेला लगाउने योजना रहेको पुजारी यादवले बताए । २०६४ मंसिर १६ गते स्थापना भएको सो मन्दिर आर्थिक अभावका कारण करिब १७ वर्षदेखि अधुरो रहेको थियो ।
सुरुमा स्थानीय रामनाथ यादवले आफ्नो २ कठ्ठा जग्गा धितोमा राखी शिलान्यास गराएका थिए । मन्दिरमा स्थापना भएको मूर्तिको दाता स्थानीय जोहन राय यादव रहेको पुजारी यादवले जानकारी दिए ।

प्रतिक्रिया