रौतहट बारको अध्यक्षमा तीन र सचिवमा दुई जनाको उम्मेदवारी

रौतहट । रौतहट जिल्ला अदालत बार एसोशिएसनको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । नयाँ कार्यसमितिको लागि हुने जिल्ला कार्यसमितिको चयनका लागि मंगलबार भएको मनोयन पत्र दर्तामा विभिन्न पदमा १५ जनाको उम्मेदवारी परेको हो ।

अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, कोषाध्यक्ष एक, सदस्य पाँच र पार्षद तीन गरी १२ पदका लागि १५ जनाले उम्मेदवारी दिएकोमा उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य र पार्षद गरी १० जना निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता मोह्म्मद मजरूल हकले जानकारी दिए । उनका अनुसार अध्यक्षमा तीन र सचिव पदमा दुई जनाको उम्मेदवारी परेकाले दुवै पदमा निर्वाचन हुने संकेत देखा परेको छ ।

सहमति नभए मतदान प्रक्रियाबाट चयन गरिने अवस्था आउने उनले बताए । अध्यक्ष पदमा अधिवक्ता हेमचन्द्रलाल कर्ण, सोनेलाल प्रसाद पटेल र राघो राय यादवले उम्मेदवारी दिएका हुन् भने सचिव पदमा अधिवक्ता हरिशचन्द्र पण्डित र सोनेलाल पासवान प्रतिस्पर्धामा रहेका छन् । मतदान साउन ५ गते हुने निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य र पार्षदमा एक–एक जनाको उम्मेदवारी परेकोले सो पदमा निर्विरोध भएको हो । उपाध्यक्षमा राम उदय राय यादव, कोषाध्यक्षमा धिरेन्द्रकुमार झा, सदस्यमा मोह्म्मद अतिकुर रहमान, हैदर अलि, हरिबहादुर कार्की, राम स्वार्थ बैठा र जय नारायण मुखिया, पार्षदमा अधिवक्ता दिलिप कोइराला, राम ईश्वर प्रसाद र राम बिनोद प्रसाद पटेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । रौतहट बार इकाईमा ६२ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया