काभ्रे । मोटरसाइकलसहित पुण्यमाता नदीमा खसेको आवस्थामा काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका– १ घर भएका २४ वर्षीय दिपेन्द्र खड्का मृत फेला परेका छन् ।
काभ्रे जिल्लाको पनौती नगरपालिका– ५ मा (आज) सोमबार बिहान ८ बजेको समयमा पनौती नगरपालिका– ५ को पुण्यमाता खोलामा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको आवस्थामा खोलामा मोटरसाइकलसहित खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोडबाट ६ मिटर तल पुण्यमाता खोलामा फेला परेका काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका– १ घर भएका २४ वर्षीय खड्का रहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया